यी हुन् राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन बैठकका निर्णय

काठमाडौं । राप्रपा नेपालले विभिन्न एजेन्डामा पार्टीको आधिकारिक धारणा तयार गर्न सुझाव समिति गठन गरेको छ । समितिले निर्वाचन प्रणालीमा सुधार, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा संसदीय प्रणाली, भ्रष्टाचार नियन्त्रण आयोग एवं संवैधानिक परिषद् र न्यायपरिषदको गठन स्वरूपका बारेमा काम गर्नेछ । पार्टीको बुधबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको  बैठकले डा. विष्णु भण्डारीको संयोजकत्वमा बसन्तमान […]

Aug 28, 2024 - 15:39
 0
यी हुन् राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन बैठकका निर्णय

काठमाडौं । राप्रपा नेपालले विभिन्न एजेन्डामा पार्टीको आधिकारिक धारणा तयार गर्न सुझाव समिति गठन गरेको छ । समितिले निर्वाचन प्रणालीमा सुधार, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा संसदीय प्रणाली, भ्रष्टाचार नियन्त्रण आयोग एवं संवैधानिक परिषद् र न्यायपरिषदको गठन स्वरूपका बारेमा काम गर्नेछ ।

पार्टीको बुधबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको  बैठकले डा. विष्णु भण्डारीको संयोजकत्वमा बसन्तमान सिंह अधिकारी, नरप्रसाद थापा, राजाराम बर्तौला ‘चुनेली’ र जीवछ मिश्र सदस्य रहेको सुझाव समिति गठन गरेको हो ।

समितिले बुद्धिजिवी, पार्टीको विभिन्न तहका कार्यकर्ता र शुभेच्छुक तथा सर्वसाधारणको मत बुझेर एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ ।

बैठकले मधेसका जनताको सामाजिक आर्थिक समृद्धि एवं शिक्षा र रोजगारीमा पहुँचको अभिवृद्धि गर्न ‘मधेस उत्थान विशेष अभियान’ सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले भ्रष्टाचार सम्बन्धी कारबाहीको लागि कुनै अवधिको हदम्याद राख्न नहुने धारणा सार्वजनिक गरेको छ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register