बीसीसी यूकेले बेलायतस्थित धर्म गुरुहरुको स्वागत गर्ने

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बेलायतमा रहेका धर्म गुरुहरुको स्वागत गर्ने भएको छ । बौद्ध परम्परामा अत्यन्त महत्वपूर्ण मानिने वर्षवासको अवसरमा बेलायतका विभिन्न बौद्ध गुम्बाहरुमा सेवारत तथा हाल बेलायत भ्रमणमा रहेका रिन्पोछे, खेन्पो, लोपेनलगायत लामा गुरुहरुलाई शनिबार ३१ अगष्टका दिन अल्डरसटस्थित गुम्बामा स्वागत गर्न लागिएको हो ।  उक्त स्वागत कार्यक्रममा लामा लुङ्गरिक रिन्पोछेको […]

Aug 30, 2024 - 13:23
 0
बीसीसी यूकेले बेलायतस्थित धर्म गुरुहरुको स्वागत गर्ने


लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बेलायतमा रहेका धर्म गुरुहरुको स्वागत गर्ने भएको छ ।

बौद्ध परम्परामा अत्यन्त महत्वपूर्ण मानिने वर्षवासको अवसरमा बेलायतका विभिन्न बौद्ध गुम्बाहरुमा सेवारत तथा हाल बेलायत भ्रमणमा रहेका रिन्पोछे, खेन्पो, लोपेनलगायत लामा गुरुहरुलाई शनिबार ३१ अगष्टका दिन अल्डरसटस्थित गुम्बामा स्वागत गर्न लागिएको हो । 

उक्त स्वागत कार्यक्रममा लामा लुङ्गरिक रिन्पोछेको अग्रतामा ग्रह शान्ति, आयू पूजा, खेन्पो बाग्रिन्द्र शिलाले बोधीसत्वको अभ्यास बिषयमा प्रवचन, खेन्पो सेनाङ ग्याम्जोले संघ दान तथा वर्षवासको विषयमा प्रवचन दिइने भएको छ । 

उक्त स्वागत कार्यक्रममा लामा लुङ्गरिक रिन्पोछे, खेन्पो बाग्रिन्द्र शिला, खेन्पो सेनाङ ग्याम्जो, खेन्पो सन्तोष गुरुङ, खेन्पो दावा तेन्जिन, लामा रक्षे गुरुङ, लामा काजी गुरुङ, लामा देबिरास गुरुङ, लामा गमबहादुर गुरुङको उपस्थिति रहने भएको छ । 

विभिन्न पूजा, प्रवचन, संघ दानका साथ सम्पन्न हुन लागेको उक्त कार्यक्रममा सहभागी हुन बेलायतमा रहेका नेपालीलाई बीसीसी यूके उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङ्गदावा शेर्पाले अनुरोध गरेका छन् ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register