आइसिसीको अध्यक्षमा भारतका जय शाह निर्विरोध

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का सचिव तथा एसियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष समेत रहेका शाहले आगामी डिसेम्बर १ तारिखदेखि आइसिसीको कार्यभार सम्हाल्नेछन् । आइसिसीका अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिने निर्णय गरेपछि अध्यक्षमा शाह एकमात्र उम्मेदवार […]

Aug 29, 2024 - 08:25
 0
आइसिसीको अध्यक्षमा भारतका जय शाह निर्विरोध

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन् ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का सचिव तथा एसियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष समेत रहेका शाहले आगामी डिसेम्बर १ तारिखदेखि आइसिसीको कार्यभार सम्हाल्नेछन् ।

आइसिसीका अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिने निर्णय गरेपछि अध्यक्षमा शाह एकमात्र उम्मेदवार थिए ।

अध्यक्षमा चुनिएपछि उनले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई थप अगाडि बढाउने बताएका छन् ।

शाह सन् २०१९ मा बीसीसीआईको सचिव र सन् २०२१ मा एसीसीको अध्यक्ष बनेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register