तिज खर्च कटाएर बिरामी महिलालाई सहयोग

झापा, १३ भदौ । महिनौंदेखि घरदेखि होटलसम्म पार्टी भोज गरेर मनाएर तिजको मर्म मरिरहेका बेला नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले महिला सदस्यले तिज मनाउन लाग्ने खर्च कटाएर स्वास्थ्य समस्यामा परेकी व्यवसायी महिलालाई सहयोग गरेको छ । संघका अध्यक्ष टंकबहादुर धामी नेतृत्वको पदाधिकारी र सदस्य सम्मिलित टोलीले संघका साधारण सदस्य कृष्णा शाहीलाई ७६ हजार तीन सय रुपैयाँ [...] The post तिज खर्च कटाएर बिरामी महिलालाई सहयोग appeared first on Jhapa Online.

Aug 29, 2024 - 09:52
 0
तिज खर्च कटाएर बिरामी महिलालाई सहयोग

झापा, १३ भदौ । महिनौंदेखि घरदेखि होटलसम्म पार्टी भोज गरेर मनाएर तिजको मर्म मरिरहेका बेला नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले महिला सदस्यले तिज मनाउन लाग्ने खर्च कटाएर स्वास्थ्य समस्यामा परेकी व्यवसायी महिलालाई सहयोग गरेको छ ।

संघका अध्यक्ष टंकबहादुर धामी नेतृत्वको पदाधिकारी र सदस्य सम्मिलित टोलीले संघका साधारण सदस्य कृष्णा शाहीलाई ७६ हजार तीन सय रुपैयाँ सहयोग गरेको हो । नेपालगन्ज औद्योगिक क्षेत्रभित्र कृष्णा चमेना गृह सञ्चालन गरिरहेकी शाही एपेन्डाइटिक्सको इन्फेक्सनबाट गम्भीर बिरामी हुनुहुन्छ ।

सङ्घको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ५१ हजार रुपैयाँ र कार्य समिति पदाधिकारी र सदस्यबाट सङ्कलन गरेको २५ हजार तीन सय रुपैयाँ औद्योगिक क्षेत्रभित्र रहेको निवासमै पुगेर अध्यक्ष धामीले शाहीका पतिलाई रकम हस्तान्तरण गर्नुभएको हो ।

पछिल्लो समय घर–होटलमा गरिष्ठ भोजन गरेर तिज मनाउने क्रम बढेको छ । यसले तिजको मर्ममाथि निमर्म प्रहार भइरहेको छ । तिजका नाममा भइरहेका यस्ता विकृत हटाउन महिला अभियन्ताहरुले पहल थाल्न ढिला भइसकेको छ ।

The post तिज खर्च कटाएर बिरामी महिलालाई सहयोग appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register