मुस्ताङको मुक्तिनाथमा इलाका प्रहरी कार्यालयको भवन उद्घाटन

म्याग्दी। हिमालपारीको जिल्ला मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मुक्तिनाथमा इलाका प्रहरी कार्यालय मुक्तिनाथको नवनिर्मित भवन उद्घाटन भएको छ । हिजो (बुधवार) एक समारोहबीच गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री पाण्डले उक्त कार्यालयको तीनतले भवन, व्यारेक भवन तथा भान्साकोठाको समेत उद्घाटन गरेका थिए । गण्डकी प्रदेश सरकारबाट विनियोजित कुल तीन […]

Aug 29, 2024 - 10:02
 0
मुस्ताङको मुक्तिनाथमा इलाका प्रहरी कार्यालयको भवन उद्घाटन

म्याग्दी।

हिमालपारीको जिल्ला मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मुक्तिनाथमा इलाका प्रहरी कार्यालय मुक्तिनाथको नवनिर्मित भवन उद्घाटन भएको छ । हिजो (बुधवार) एक समारोहबीच गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री पाण्डले उक्त कार्यालयको तीनतले भवन, व्यारेक भवन तथा भान्साकोठाको समेत उद्घाटन गरेका थिए । गण्डकी प्रदेश सरकारबाट विनियोजित कुल तीन करोड ६० लाख ५२ हजार ८८ रुपैयाँको आर्थिक सहयोगमा नवनिर्मित इलाका प्रहरी कार्यालयको भवनसहित अन्य संरचनाहरुको उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कार्यालयको नाममा रहेको ६ रोपनी ४ आना १ दामको जग्गामा इलाका प्रहरी कार्यालय मुक्तिनाथको भवन बनाइएको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रहरीको आवास सुविधा वृद्धिका साथै अन्य सेवासुविधाहरु उपलब्ध गराउन गण्डकी प्रदेश सरकार लागिपरेको बताए । उनले प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नका लागि आउने भक्तजन, पर्यटक र स्थानीयवासीको समेत शान्ति सुरक्षामा नयाँ भवनबाट सेवा प्रदान गर्न प्रहरीलाई सहज हुने बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, गण्डकी प्रदेश सभा सदस्य विकल शेरचन, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले मन्तव्य व्यक्त गर्दै नवनिर्मित भवनबाट प्रभावकारी रुपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

नवनिर्मित भवन परिसरमा प्रहरीका लागि कार्यालय, व्यारेक भवन, भान्साघर तथा शौचालय समेत निर्माण गरिएको छ । निर्माण व्यवसायी अमित बिल्डर्स प्रालि थासाङ ३ मुस्ताङ र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबीच इलाका प्रहरी कार्यालयको भवन निर्माण गर्न वि.सं. २०७७ साल चैत २५ गते ठेक्का सम्झौता भएको थियो । कार्यालय तथा व्यारेक भवनको भुइँ तलामा कार्यालय प्रयोजनको ५ वटा कोठा, शौचालय तथा महिला र पुरुषको छुट्टाछुट्टै हिरासत कक्ष रहेको छ ।

यसैगरी भवनको पहिलो तलामा महिला प्रहरीको शौचालय र भ¥याङ प्रयोग गर्न मिल्ने गरी महिलामैत्री व्यारेक तथा पुरुष जुनियर प्रहरी अधिकृत, हवल्दार र प्रहरी जवानका लागि व्यारेकको व्यवस्थापन गरिएको छ । सबैभन्दा माथिल्लो तलामा इन्चार्जको आवास र सञ्चार शाखाको कार्यालय सञ्चालन गरिएको छ । नवनिर्मित कार्यालय तथा व्यारेक भवनको प्रवेश विन्दुमा ¥याम्पको व्यवस्था गरी अपाङ्गमैत्री बनाइएको छ ।

नवनिर्मित भवन उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह र मुख्यमन्त्री पाण्डेले प्रहरीको भवन निर्माण तथा जग्गा प्राप्तिमा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरु र प्रहरीलाई प्रशंसापत्रले सम्मान गरेका थिए । सोही अवसरमा मुख्यमन्त्री पाण्डे, प्रहरी नायव महानिरीक्षक सिंहसहितको टोलीबाट नवनिर्मित भवन र व्यारेकको अनुगमन समेत गरिएको थियो ।

आधुनिक सुविधासम्पन्न भवन अपाङ्गमैत्री र महिलामैत्री बनाइएको मुस्ताङका प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए । समुन्द्री सतहदेखि झण्डै ३७ सय मिटरको उचाइमा रहेको इलाका प्रहरी कार्यालय मुक्तिनाथको नवनिर्मित भवनबाट कार्यसम्पादन सहज हुने अपेक्षा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register