बिर्तामोडको सिटी सेन्टरमा भदौ २५ देखि जुत्ता मेला

बिर्तामोड, २३ भदौ । नेपालीको महान पर्व दशैं–तिहारलाई लक्षित गरेर झापाको बिर्तामोडमा एक महिने दशैं–तिहार महोत्सव तथा जुत्ता मेला आयोजना हुने भएको छ । ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित आगामी भदौं २५ गतेदेखि असोज २४ गतेसम्म बिर्तामोडस्थित सिटी सेन्टरमा मेला आयोजना गर्न लागिएको हो । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी सिटी सेन्टर [...] The post बिर्तामोडको सिटी सेन्टरमा भदौ २५ देखि जुत्ता मेला appeared first on Jhapa Online.

Sep 8, 2024 - 14:48
 0
बिर्तामोडको सिटी सेन्टरमा भदौ २५ देखि जुत्ता मेला

बिर्तामोड, २३ भदौ । नेपालीको महान पर्व दशैं–तिहारलाई लक्षित गरेर झापाको बिर्तामोडमा एक महिने दशैं–तिहार महोत्सव तथा जुत्ता मेला आयोजना हुने भएको छ ।

‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित आगामी भदौं २५ गतेदेखि असोज २४ गतेसम्म बिर्तामोडस्थित सिटी सेन्टरमा मेला आयोजना गर्न लागिएको हो । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी सिटी सेन्टर बिर्तामोडको आयोजना तथा बिर्तामोड नेपाली जुत्ता घरको सह–आयोजनामा जुत्ता मेला आयोजना बारे जानकारी दिइएको छ ।

बडा दशैंलाई लक्षित गरेर महोत्सवको आयोजना गरिएको आयोजक संस्थाका दिपेन्द्र राउतले जानकारी दिनुभयो । स्वदेशमा उत्पादित जुत्ता चप्पल आम उपभोक्तामाझ पुर्याई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक समितिका संयोजक होमनाथ उपाध्ययले बताए ।

संयोजक उपाध्ययका अनुसार महोत्सवमा पाँच वटा कम्पनीका २५ स्टल रहने छन् । महोत्सवमा बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज, क्रस रोड सुज गरी ५ वटा कम्पनीका १० भन्दा बढी ब्राण्डका तीन हजारभन्दा बढी मोडलका जुत्ताहरु उपलब्ध हुने छन् ।

मेलामा एक लाख जनाले अवलोकन गर्नुका साथै दुई करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य रहेको आयोजक नानीराज घिमिरेले बताउनुभयो । प्रत्येक जुत्ता खरीदमा न्यूनतम् १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने उहाँले बताउनुभयो ।

गत वर्ष पुस ९ गतेदेखि माघ १५ गतेसम्म सोही स्थानमा आयोजना गरिएको कोशी प्रदेशस्तरीय प्रथम बिर्तामोड जुत्ता चप्पल महोत्सको सफलतासँगै यस वर्ष पनि दशैंलाई लक्षित गरेर महोत्सवको आयोजना गर्न लागिएको जनाइएको छ ।

The post बिर्तामोडको सिटी सेन्टरमा भदौ २५ देखि जुत्ता मेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register