प्रचण्डलाई ६३ नेताले दिए सुझाव

झापा, १३ भदौ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका ६३ नेताले पार्टी निर्माणका लागि सुझाव दिएका छन् । हिजोदेखि शुरु भएको दुई दिने प्रदेशस्तरीय परामर्श बैठकमा सुदूरपश्चिम प्रदेशका ६३ जना केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीले पार्टी निर्माणका लागि सुझाव दिएका हुन् । सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डासहित सुदृढ जनसङ्गठन निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड [...] The post प्रचण्डलाई ६३ नेताले दिए सुझाव appeared first on Jhapa Online.

Aug 29, 2024 - 11:44
 0
प्रचण्डलाई ६३ नेताले दिए सुझाव

झापा, १३ भदौ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका ६३ नेताले पार्टी निर्माणका लागि सुझाव दिएका छन् ।

हिजोदेखि शुरु भएको दुई दिने प्रदेशस्तरीय परामर्श बैठकमा सुदूरपश्चिम प्रदेशका ६३ जना केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीले पार्टी निर्माणका लागि सुझाव दिएका हुन् । सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डासहित सुदृढ जनसङ्गठन निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिँदै प्रदेशका नेताहरूले आगामी केन्द्रीय समिति बैठकबाट ठोस कार्ययोजना ल्याउन नेतृत्वलाई आग्रह गरे ।

बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीहरूले पनि सम्बोधन गर्नुभएको थियो । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले परामर्श बैठक सुरु गरिएको जनाएको छ ।

जसअनुसार सुदूरपश्चिमसहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेश गरी पाँच प्रदेशको परामर्श बैठक सम्पन्न भइसकेको छ । भोलिबाट कर्णालीको प्रदेशस्तरीय परामर्श बैठक सुर्खेतमा तय गरिएको छ । प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गर्नुभएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्य क्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ।

The post प्रचण्डलाई ६३ नेताले दिए सुझाव appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register