विश्व मुटु दिवसका अवसरमा नेशनल कार्डियक सेन्टरको विशेष हेल्थ प्याकेज

काठमाडौं । विश्व मुटु दिवस सन् २०२४ को सन्दर्भ पारेर बसुन्धारास्थित नेशनल कार्डियक सेन्टर (एनसीसी)ले सहुलियत दरमा एक महिने बृहत् मुटुरोग र सामान्य स्वास्थ्य जाँच प्याकेज (होल बडी चेक) कार्यक्रम ल्याएको छ । सबैका लागि पहुँचयोग्य बनाउँदै विशेषज्ञ चिकित्सकको सेवा प्रवाह गराउनका निम्ति उक्त कार्यक्रम ल्याएको हो । नेशनल कार्डियक सेन्टरका म्यानेजर सन्तोष रौनियारका अनुसार […]

Aug 29, 2024 - 11:46
 0
विश्व मुटु दिवसका अवसरमा नेशनल कार्डियक सेन्टरको विशेष हेल्थ प्याकेज

काठमाडौं ।

विश्व मुटु दिवस सन् २०२४ को सन्दर्भ पारेर बसुन्धारास्थित नेशनल कार्डियक सेन्टर (एनसीसी)ले सहुलियत दरमा एक महिने बृहत् मुटुरोग र सामान्य स्वास्थ्य जाँच प्याकेज (होल बडी चेक) कार्यक्रम ल्याएको छ । सबैका लागि पहुँचयोग्य बनाउँदै विशेषज्ञ चिकित्सकको सेवा प्रवाह गराउनका निम्ति उक्त कार्यक्रम ल्याएको हो ।

नेशनल कार्डियक सेन्टरका म्यानेजर सन्तोष रौनियारका अनुसार सेप्टेम्बर १ तारिखदेखि शुरू हुने उक्त कार्यक्रम महिनाभरी नै सञ्चालन हुनेछ । मुटुरोग, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल र अन्य स्वास्थ्य अवस्थाबारे आम मानिसमा सचेतना जगाउँदै लुकेका रोगहरूको प्रारम्भिक पहिचान गर्न सहुलिय दरमा गुणस्तरीय सेवा प्रवाह गर्न लागिएको रौनियारले बताए ।

रौनियारका अनुसार मुटुरोगका विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य जाँच र परामर्शसमेत दिइने भएकाले यो कार्यक्रम सर्वसाधारणका लागि लाभदायक हुने देखिएको छ । जम्मा ७ हजार ७ सय रुपियाँको प्याकेजमा विशेषज्ञ चिकित्सका परामर्शसहित इकोकार्डियोग्राफी, ईसीजी, भिटामिन डी, भिटामिन बी १२, थाइरोइड फङ्सन टेस्ट, किड्नी फङ्सन टेस्ट, लिभर फङ्सन टेस्ट, लिपिड प्रोफाइल, कम्पिल्ट ब्लड काउन्ट, म्याग्नेसियम, क्याल्सियम प्रोटिन, एल्बमिन, क्लोराइड, फस्फोरस, अल्कलाइन फस्फेट टेस्ट, युरिन रुटिन टेस्ट तथा माइक्रोस्कोपी, छातीको एक्सरे, ब्लड सुगर टेस्ट र युरिक एसिडको परीक्षण हुनेछ ।

‘फस्ट कम फस्ट प्रायोरिटी’ आधारित रहेर सहुलियत दरमा एक महिने बृहत् मुटुरोग र सामान्य स्वास्थ्य जाँच प्याकेज (होल बडी चेक) कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले बसुन्धारास्थित नेसनल कार्डियाक सेन्टरमा नाम दर्ता गर्नुपर्नेछ । जसका निम्ति सेन्टरमै गएर, ९७६७२३२४६८ नम्बरमा सम्पर्क वा अनलाइन www.nationalcardiaccentre.com/health-package/8/detail/मार्फत् विस्तृत जानकारी लिनुका साथै नाम दर्ता गरी पालोअनुसार सेवा लिन सकिने रौनियारले जानकारी दिँदै सीमित सिट संख्या रहेको हुँदा नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्न आग्रह गरे ।

नेशनल कार्डियक सेन्टरले सामाजिक उत्तरदायित्वअन्तर्गत विगतमा पनि मुटुरोग र यससँग सम्बन्धित विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । यसपटक सेन्टरले सबैको पहुँचसम्म सेवा पुर्याउनका लागि सुलभ दरमा र एक महिनासम्म हेल्थ प्याकेज बनाएर स्वास्थ्य जाँच गर्ने कार्यक्रम ल्याएको रौनियारको भनाइ छ ।

https://www.nationalcardiaccentre.com/health-package/8/detail/

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register