लागुऔषधसहित २ जना पक्राउ

विराटनगर, १५ भदौ । मोरङको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते साँझ ६ बजे पथरी शनिश्चरे नगरपालिका-७ का २८ बर्षीय ललित गुरुङ्ले आफ्नै घरमा लागुऔषध बेचबिखान गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनको [...] The post लागुऔषधसहित २ जना पक्राउ appeared first on Jhapa Online.

Sep 10, 2024 - 07:24
 0
लागुऔषधसहित २ जना पक्राउ

विराटनगर, १५ भदौ । मोरङको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ २४ गते साँझ ६ बजे पथरी शनिश्चरे नगरपालिका-७ का २८ बर्षीय ललित गुरुङ्ले आफ्नै घरमा लागुऔषध बेचबिखान गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा घर भित्र लुकाईछिपाई राखेको अवस्थामा ३ ग्राम ३ सय ५० मिलीग्राम ब्राउन सुगर फेला पारी उनलाई नियन्त्रणमा लिएको हो भने CRV बाँसबारी मोरङबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका-७ का २० बर्षीय रुपेश चौधरीलाई नियन्त्रित औषधी एभिल, डाइजेपाम र फेनारगन १७ एम्पुल सहित बुढिगंगा गाउँपालिका-२ गंगा चोकबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

The post लागुऔषधसहित २ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register