योगेश भट्टराईलाई आफ्नो नेताको चाकडी गर्ने अधिकार छ तर, आन्दोलनको अवमूल्यन गर्न पाइँदैन : माओवादी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले आन्दोलनको अवमूल्यन गर्न नपाइने बताएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै माओवादी सांसद माधव सापकोटाले यस्तो बताएका हुन् । सत्तारूढ दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले बुधबार प्रतिनिधि सभामा राखेको भनाइप्रति कटाक्ष गर्दै सांसद सापकोटाले यस्तो बताएका हुन् । “जनयुद्ध र आन्दोलनलाई […]

Aug 29, 2024 - 11:55
 0
योगेश भट्टराईलाई आफ्नो नेताको चाकडी गर्ने अधिकार छ तर, आन्दोलनको अवमूल्यन गर्न पाइँदैन : माओवादी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले आन्दोलनको अवमूल्यन गर्न नपाइने बताएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै माओवादी सांसद माधव सापकोटाले यस्तो बताएका हुन् ।

सत्तारूढ दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले बुधबार प्रतिनिधि सभामा राखेको भनाइप्रति कटाक्ष गर्दै सांसद सापकोटाले यस्तो बताएका हुन् ।

“जनयुद्ध र आन्दोलनलाई अपमान र खिसीटिउरी गर्न पाइँदैन । माननीय योगेश भट्टराईलाई आफ्नो नेता/नेतृत्वको चाकडी गर्ने अधिकार छ तर, आन्दोलनलाई अवमूल्यन गर्ने अधिकारी छैन,” सांसद सापकोटाले भने ।

संविधान नै जनयुद्धलाई ‘सशस्त्र सङ्घर्ष’ भनेको र बोल्दा लेख्दा त्यही प्रयोग हुनुपर्ने उनले बताए । “संविधानले जनयुद्धलाई सशस्त्र सङ्घर्ष भन्छ । आन्दोलन वीरताको गाथा हो, ओजको गरिमा हो । यसलाई दबाउन पाइँदैन,” उनले भने, “बोल्ने क्रममा त्यही भन्नुपर्छ । पार्टी बैठक, भेला, प्रशिक्षणहरूमा भन्नुस् तर, संसद्‌मा मिल्दैन ।”

सांसद सापकोटाले नेकपाकालीन समयमा उनै योगेश भट्टराईले जनयुद्ध स्वीकार गरेको तर, अहिले आएर त्यसविरुद्ध नै लागेको बताए ।

यसअघि बुधबार योगेश भट्टराईले माओवादीले सञ्चालन गरेको जनयुद्धलाई ‘हिंसा’ भनेका थिए । यसपछि केहीबेर संसद्‌ भाँडिएको थियो । यसको जवाफ दिँदै सांसद सापकोटाले यस्तो बताएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register