सार्वजनिक गरेकै दिन बूक भयो एमजी साइबरस्टर, यस्तो छ विशेषता (भिडिओसहित)

काठमाडौं । नाडा अटो शो २०२४मा सार्वजनिक गरिएको एमजी मोटर्सको साइबरस्टर ईभी एकैदिनमा सोल्डआउट भएको छ । मंगलवार सार्वजनिक भएको उक्त सवारी साधन त्यही दिन सोल्डआउट भएको हो । नेपाली बजारमा पारामाउन्ट मोटर्सले एमजी साइबरस्टरका दुई ओटा युनिट ल्याएको थियो । कम्पनीले नेपाली बजारमा यो ईभीको मूल्य एक करोड ६८ लाख रुपैयाँ तोकेको छ । […]

Aug 29, 2024 - 13:35
 0
सार्वजनिक गरेकै दिन बूक भयो एमजी साइबरस्टर, यस्तो छ विशेषता (भिडिओसहित)

काठमाडौं । नाडा अटो शो २०२४मा सार्वजनिक गरिएको एमजी मोटर्सको साइबरस्टर ईभी एकैदिनमा सोल्डआउट भएको छ । मंगलवार सार्वजनिक भएको उक्त सवारी साधन त्यही दिन सोल्डआउट भएको हो ।

नेपाली बजारमा पारामाउन्ट मोटर्सले एमजी साइबरस्टरका दुई ओटा युनिट ल्याएको थियो । कम्पनीले नेपाली बजारमा यो ईभीको मूल्य एक करोड ६८ लाख रुपैयाँ तोकेको छ ।

स्पोर्टी डिजाइन भएको गाडीले अवलोकनकर्ताको ध्यान खिचेको थियो । गाडी सोल्डआउट भएपछि नाडा अटो शो २०२४ मा एमजीको स्टलबाट यो गाडी हटाइएको छ ।

३७५ किलोवाट क्षमताको मोटर रहेको यो गाडीले ७२५ अधिकतम ५४४ पीएस तथा ७२५ एनएम टर्क दिन सक्छ । ३.२० सेकेन्डमै शून्यबाट १०० किलोमिटरको गति लिन सक्ने साइबरस्टरले ५०३ किमीभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ ।

जुन १५० किलोवाट डीसी चार्जरबाट ३८ मिनेटमै ८० प्रतिशत चार्ज हुने बताइएको छ ।

गाडीमा १९ इन्चको अलोय ह्विल, सिजर ओपनिङ डोर, फुल्ली इलेक्ट्रिक हुड, लन्च कन्ट्रोल, ७ इन्चको टच स्क्रिन, र्‍यापअराउन्ड ३ स्क्रिन ककपिट, एन्ड्रोइड अटो तथा एप्पल कार प्ले, आठ ओटा स्पिकर सहितको बोस अडिओ सिस्टम, रियर ह्विल ड्राइभ, १९५ किमी प्रति घण्टासम्मको उच्च गति जस्ता सुविधा यो गाडीमा पाउन सकिन्छ ।

एमजी साइबरस्टर ईभीमा सफ्ट–टप कन्भर्टिभल (हुड नै पछाडि सार्न मिल्ने) रहेको छ, जुन १० सेकेन्डमै खोल्न र बन्द गर्न सकिने बताइएको छ । यसले ५० किलोमिटर प्रति घण्टाको गतिमा समेत काम गर्छ । यसबाट सुरक्षित र आरामदायी पन कायमै राखेर खुला हावामा ड्राइभिङको आनन्द लिन सकिन्छ ।
यो गाडीमा पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर राखिएको छ । यसमा ७७ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री पाउन सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register