बिर्तामोडको सुधार केन्द्रमा विवाद हुँदा कुटपिट, तीन जना घाइते

झापा, १३ भदौ । सुधार केन्द्रमा उपचारका लागि राखिएका व्यक्तिलाई घर लैजाने क्रममा विवाद हुँदा तीन जना घाइते भएका छन् । नयाँ सृष्टि पुनस्र्थापना केन्द्र बिर्तावजारमा उपचारका लागि उनीहरुलाई राखिएको थियो । पुनस्थापना केन्द्रमा रहेका उनीहरुलाई घर फर्काउनका लागि हरहिसाव मिलाउदा भएको विवादका क्रममा कुटपिट हुँदा अर्जुनधारा–१ की सविना तामाङ, बिर्तामोड–५ का मनकुमार फेदाङ र [...] The post बिर्तामोडको सुधार केन्द्रमा विवाद हुँदा कुटपिट, तीन जना घाइते appeared first on Jhapa Online.

Aug 29, 2024 - 13:40
 0
बिर्तामोडको सुधार केन्द्रमा विवाद हुँदा कुटपिट, तीन जना घाइते

झापा, १३ भदौ । सुधार केन्द्रमा उपचारका लागि राखिएका व्यक्तिलाई घर लैजाने क्रममा विवाद हुँदा तीन जना घाइते भएका छन् । नयाँ सृष्टि पुनस्र्थापना केन्द्र बिर्तावजारमा उपचारका लागि उनीहरुलाई राखिएको थियो ।

पुनस्थापना केन्द्रमा रहेका उनीहरुलाई घर फर्काउनका लागि हरहिसाव मिलाउदा भएको विवादका क्रममा कुटपिट हुँदा अर्जुनधारा–१ की सविना तामाङ, बिर्तामोड–५ का मनकुमार फेदाङ र बाबुराम योङहाङ घाइते भएका हुन् । कुटपिटबाट घाइते भएका तीनैजनाको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । पुनस्थापना केन्द्र आकाश खड्काले सञ्चालन गरेका छन् ।

घटना अनुसार सविनाको देवर मदन तामाङलाई ६ महिना अघि सो पुनस्र्थापना केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो । पीडित परिवारका अनुसार घाइतेमध्ये मनकुमारको मेरुदण्डमा चोट लागेको छ ।
सञ्चालक खड्कासँग हरहिसावका बारेमा प्रश्न उठाउँदा अश्लिल शब्दले गाली गलौज गर्दै एक्कासी कुटपिट गरेको पीडितले बताएका छन् । खड्कासहित पुनस्र्थापना केन्द्रका ८,९ जना कामदार खनिएर कुटपिट गरेको उनले बताइन् । आफन्त तीनजनालाई कुटपिट गरेपछि उपचारमा आएका मदन तामाङलाई भने खड्काले घर पठाएको छ ।

खड्काले आफन्त लिन आएको समयमा तामाङ परिवारसँग सामान्य बिवाद मात्र भएको बताए । ‘ईलाका प्रहरी कार्यालयमा कुटपिटको जाहेरी हाल्नु भएको छ अरे, म अहिले ईलाका आएको छु’, खड्काले भने, ‘उहाँहरु उपचार गर्न जानुभएको छ भन्ने सुनेको छु, त्यो उहाँहरुको कुरा हो, बाँकी कुरा त्यहाँ रहेको सीसी क्यामेराको फुटेज हेर्दा हुन्छ ।’ उनले कुटपिट गरेको विषय अस्विकार गरेका छन् ।

The post बिर्तामोडको सुधार केन्द्रमा विवाद हुँदा कुटपिट, तीन जना घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register