खल्तीले ल्यायो ‘कार सुरक्षा’ सेवा: ९९९ मै २० हजारभन्दा बढीका सेवाहरू, सवारीसाधन इनस्योरेन्स निःशुल्क

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले नाडा अटो शो २०२४ मा ‘कार सुरक्षा’ नामक आफ्नो नयाँ सुरक्षा प्याकेज सार्वजनिक गरेको छ । विभिन्न कार सम्बन्धी सेवा सुविधाहरू प्रदान गर्ने यस प्याकेजका लागि वार्षिक रु ९९९ मात्र शुल्क लाग्ने खल्तीले जनाएको छ । प्रयोगकर्ताहरूले रु २०,००० भन्दा बढीको आफ्नो कार सम्बन्धी सेवाहरू साथै खल्तीका थप आकर्षक सुविधाहरूको […]

Aug 29, 2024 - 13:35
 0
खल्तीले ल्यायो ‘कार सुरक्षा’ सेवा: ९९९ मै २० हजारभन्दा बढीका सेवाहरू, सवारीसाधन इनस्योरेन्स निःशुल्क

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले नाडा अटो शो २०२४ मा ‘कार सुरक्षा’ नामक आफ्नो नयाँ सुरक्षा प्याकेज सार्वजनिक गरेको छ । विभिन्न कार सम्बन्धी सेवा सुविधाहरू प्रदान गर्ने यस प्याकेजका लागि वार्षिक रु ९९९ मात्र शुल्क लाग्ने खल्तीले जनाएको छ । प्रयोगकर्ताहरूले रु २०,००० भन्दा बढीको आफ्नो कार सम्बन्धी सेवाहरू साथै खल्तीका थप आकर्षक सुविधाहरूको लाभ लिन सक्नेछन् ।

सवारी सम्बन्धी विभिन्न सामग्रीहरूका साथ निःशुल्क ब्लुबुक नवीकरण सेवा, निःशुल्क हरियो स्टिकर सेवा, आपत्कालीन रोड साइड सहायता र नवीकरणका कागजात डेलिभरी समावेश भएको ‘कार सुरक्षा’ सब्स्क्राईब गर्दा प्रयोगकर्ताहरूले विभिन्न सवारीसाधन सेवा प्रदायकहरूमा ५० प्रतिशत सम्मको छुट पनि प्राप्त गर्न सक्नेछन् ।

उक्त सेवा प्रदायकहरूमा कार मर्मत सेवा, कार डिटेलिङ, कार धुने सेवा, टायर सम्बन्धी सेवा देखि लिएर ड्राइभर र सवारीसाधन भाडामा लिने सेवाहरू सम्ममा छुटहरू उपलब्ध रहनेछ ।

खल्तीबाट आफ्नो सवारीको इनस्योरेन्स गर्ने प्रयोगकर्ताहरूका लागि कार सुरक्षा निःशुल्क रहेको समेत खल्तीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register