पञ्चकन्या ग्रुपद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । पञ्चकन्या ग्रुपले आफ्नो ५२औँ वार्षिकोत्सवको अवसरमा भदौ १२ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरको कृष्णगल्लीस्थित ग्रुपको केन्द्रीय कार्यालयमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्रमा सहयोगमा रक्तदान कार्यक्रमको सम्पन्न गरिएको जनाइएको छ । उक्त रक्तदानमा ग्रुपका सञ्चालकहरू, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्सर्न उद्योगहरूमा कार्यरत कर्मचारी र ग्रुपसँग आबद्ध शुभचिन्तकहरू […]

Aug 29, 2024 - 13:43
 0
पञ्चकन्या ग्रुपद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । पञ्चकन्या ग्रुपले आफ्नो ५२औँ वार्षिकोत्सवको अवसरमा भदौ १२ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

ललितपुरको कृष्णगल्लीस्थित ग्रुपको केन्द्रीय कार्यालयमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्रमा सहयोगमा रक्तदान कार्यक्रमको सम्पन्न गरिएको जनाइएको छ ।

उक्त रक्तदानमा ग्रुपका सञ्चालकहरू, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्सर्न उद्योगहरूमा कार्यरत कर्मचारी र ग्रुपसँग आबद्ध शुभचिन्तकहरू गरी जम्मा ४८ जनाले रक्तदान गरेका थिए ।

पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रूपमा निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register