अमेरिकामा नेपाली युवती मुनाको हत्या आरोपमा एक पुरुष पक्राउ

अमेरिका, १४ भदौ । अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् । टेक्सासको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका हुन् । उनलाई राति ८ बजेपछि ट्राफिक स्टपबाट पक्राउ गरिएको हो । पक्राउ गरिएलगत्तै ह्युस्टन प्रहरीले शाहविरुद्ध हत्या मुद्दा दायर [...] The post अमेरिकामा नेपाली युवती मुनाको हत्या आरोपमा एक पुरुष पक्राउ appeared first on Jhapa Online.

Aug 30, 2024 - 04:08
 0
अमेरिकामा नेपाली युवती मुनाको हत्या आरोपमा एक पुरुष पक्राउ

अमेरिका, १४ भदौ । अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् । टेक्सासको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका हुन् ।

उनलाई राति ८ बजेपछि ट्राफिक स्टपबाट पक्राउ गरिएको हो । पक्राउ गरिएलगत्तै ह्युस्टन प्रहरीले शाहविरुद्ध हत्या मुद्दा दायर गरेको छ । ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीय मुना पाण्डे गत सोमबार साँझ गोली हानी हत्या गरिएको थियो। मुना नेपालको भोजपुरकी स्थायी बासिन्दा हुन् । पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।

The post अमेरिकामा नेपाली युवती मुनाको हत्या आरोपमा एक पुरुष पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register