साझा बहुउद्देश्यीयद्वारा ११ बढी सम्मानित

चन्द्र बस्नेतकनकाई, ३१ भदौ । साझा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दुर्गापुरले ११ जना भन्दा धेरैलाई सम्मान गरेको छ । संस्थाको सभाहलमा आयोजित संस्थाको ३२ औं वार्षिक साधारण सभामा उनीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा असल ऋणीका रूपमा सर्गवती राजवन्शी , उत्कृष्ट बचतकर्ताका रूपमा रामकुमार चाम्लिङ तथा शेयर सदस्यहरुको तर्फबाट भिमप्रसाद राजवन्शी ,गङगा प्रसाद खरेल ,मैना [...] The post साझा बहुउद्देश्यीयद्वारा ११ बढी सम्मानित appeared first on Jhapa Online.

Sep 16, 2024 - 15:33
 0
साझा बहुउद्देश्यीयद्वारा ११ बढी सम्मानित

चन्द्र बस्नेत
कनकाई, ३१ भदौ ।
साझा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दुर्गापुरले ११ जना भन्दा धेरैलाई सम्मान गरेको छ । संस्थाको सभाहलमा आयोजित संस्थाको ३२ औं वार्षिक साधारण सभामा उनीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा असल ऋणीका रूपमा सर्गवती राजवन्शी , उत्कृष्ट बचतकर्ताका रूपमा रामकुमार चाम्लिङ तथा शेयर सदस्यहरुको तर्फबाट भिमप्रसाद राजवन्शी ,गङगा प्रसाद खरेल ,मैना तिवारी ,देवीप्रसाद उप्रेती ,पुस्पराज राजवशी , पुर्व लेखा संयोजक सुशील कुमार पोखरेल, सदस्य धनपती चुडाल, कर्मचारी प्रतिमा ओली , र पुर्ण बहादुर राजवशीलाई सम्मान गरिएको थियो । त्यसै गरी कार्यक्रममा संस्थाका १५ जना सेयर सदस्यलाई गोला प्रथाबाट छनौट गरि पुरस्कृत समेत गरिएको व्यवस्थापक चुडालले जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका संस्थाका अध्यक्ष टिकाप्रसाद पाठकले आ।व। २०८०÷०८१ को समीक्षा र आ।व। २०८१÷०८२ को वार्षिक कार्यक्रम तथा कार्ययोजना समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । सभामा लेखा समितिका संयोजक दुर्गा नेम्बाङले आन्तरिक लेखा परीक्षण प्रतिवेदन पेश गर्नुभएको थियोे । वार्षिक प्रतिवेदन, आन्तरिक लेखा परीक्षण प्रतिवेदन र स्वतन्त्र लेखा परीक्षकको प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको व्यवस्थापक बिष्णु प्रसाद चुडालले जानकारी दिनुभयो । २०२८ सालमा साझाको नाममा दर्ता भएको यस संस्था २०४८ सालमा सहकारी संस्था लिमिटेड दुर्गापुर रहेकोमा २८ औं वार्षिक साधारणबाट बहुउद्देश्यीय सहकारी संस्था रहन पुगेको व्यवस्थापक चुडालले जानकारी गराउनुभयो।

साझा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा हाल २ सय ७० महिलासहित ६ सय ७९ शेयर सदस्य रहेका छन् । हाल संस्थाको कुल चुक्ता शेयर पूँजी १ करोड ५५ लाख १९ हजार २ सय रुपैयाँ रहेको छ भने कुल ऋण लगानी २ करोड ८६ लाख ७८ हजार रूपैयाँ रहेको लेखा समितिका संयोजक नेम्वाङले जानकारी दिनुभयो ।

कनकाई नगर सहकारी साखा प्रमुख हरिप्रसाद पौडेलको प्रमुख आतिथ्य र कनकाई वडा न ७ का अध्यक्ष भिस्मभुषण सिटौलाको विशेष आतिथ्यता रहेकोे थियो । कार्यक्रममा प्रमुख अतिथि पौडेलले यस सहकारीको माध्यमबाट आम नगरबासी किसान तथा उपभोक्तामा ठूलो सहयोग पुगेको र आगामी दिनमा पनि किसानहरुलाई सहकारीको माध्यमबाट मल बिउबिजन उपलब्ध गराउन स्थानीय तहलेपनि सहजीकरण गर्ने प्रतिवध्ता पनि व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय आम नागरिकहरुमा सहकारी प्रती विश्वसनियता कम हुँदै गएकाले स्थानीय ठाउँका अन्य सहकारीसग सहकार्य गरि एकीकृत हुँदा अझ राम्रो भएर जाने धारणा पनिराख्नुभएको थियो ।

कार्यक्रममा भवानी खानेपानी संस्थाका अध्यक्ष चिरञ्जीवी उप्रेती , नि(वर्तमान अध्यक्ष गोपाल उप्रेती , कनकाई कृषि सहकारी प्रवन्धक नेत्रप्रसाद चिमरिया , नेपाली काग्रेस वडान ७ का सभापति ईश्वरीप्रसाद शिवाकोटी ,कनकाई धाम धार्मिक विकास सस्थाका अध्यक्ष सेरबहादुर थापा, कनकाई वडा न ८ कि कार्यवाहक अध्यक्ष रिता उप्रेती ,बारदशी वडा न ६ का वडा सदस्य भिमप्रसाद बुढाथोकी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । संस्थाका उपाध्यक्ष पुर्ण प्रसाद बेडारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचीव मनोज कुमार पोखरेल र व्यवस्थापक चुडालले संयुक्त रुपमा गर्नुभएको थियो ।

The post साझा बहुउद्देश्यीयद्वारा ११ बढी सम्मानित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register