गुणस्तरहीन चिनियाँ गाडीको ‘डम्पिङ साइट’ बन्दै नेपाल, विदेशमा थन्किएका ब्रान्ड नेपालमा भकाभक आयात !  

काठमाडौँ । पछिल्लो समय नेपाल गुणस्तरहीन चिनियाँ गाडीको ‘डम्पिङ साइट’ बन्दै गएको छ । अन्तराष्ट्रिय बजारमा नबिकेका, स्तरहीन प्रमाणित भएका, अन्तराष्ट्रिय वायर हाउसमा थन्किएका गाडी नेपाल ल्याएर चिनियाँ कम्पनीहरुले नेपाललाई स्तरहीन चिनियाँ गाडीको ‘डम्पिङ साइट’ बनाएका छन् ।  अझ काठमाडौँको भृकुटीमण्डपमा लागेको ‘नाडा अटो शो २०२४’ ले यो तथ्यलाई थप बल पुर्याएको छ ।  नाडा […]

Aug 30, 2024 - 04:07
 0
गुणस्तरहीन चिनियाँ गाडीको ‘डम्पिङ साइट’ बन्दै नेपाल, विदेशमा थन्किएका ब्रान्ड नेपालमा भकाभक आयात !  

काठमाडौँ । पछिल्लो समय नेपाल गुणस्तरहीन चिनियाँ गाडीको ‘डम्पिङ साइट’ बन्दै गएको छ । अन्तराष्ट्रिय बजारमा नबिकेका, स्तरहीन प्रमाणित भएका, अन्तराष्ट्रिय वायर हाउसमा थन्किएका गाडी नेपाल ल्याएर चिनियाँ कम्पनीहरुले नेपाललाई स्तरहीन चिनियाँ गाडीको ‘डम्पिङ साइट’ बनाएका छन् । 

अझ काठमाडौँको भृकुटीमण्डपमा लागेको ‘नाडा अटो शो २०२४’ ले यो तथ्यलाई थप बल पुर्याएको छ । 

नाडा अटो शोमा राखिएका स्टल र गाडीहरुमध्ये यसपालि अधिकांश चिनियाँ कम्पनीका छन् । प्रतिव्यक्ति २ सय रुपैयाँ तिरेर नाडा अटो शो अवलोकन गर्न छिर्ने अवलोकनकर्ताहरुले समेत यसपालि नाडा अटो शो ‘चिनियाँ गाडी शो’ जस्तो भएको प्रतिक्रिया दिने गरेका छन् । हुन पनि नाडा अटो शो प्रवेश गर्ने बित्तिकै पहिलो स्टल चिनियाँ स्कुटरको छ । त्यसपछि भित्र छिर्दै गर्दा अधिकांश गाडी चिनियाँ मात्रै देखिन्छन् ।

यसो त चिनियाँ कम्पनीका गाडीहरु अन्तराष्ट्रिय बजारमा बदनाम मात्र छैनन्, गुणस्तरहीन नै प्रमाणित भइसकेका छन् । चर्चित अन्तराष्ट्रिय सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलले पनि युरोप, मध्यपूर्व र दक्षिण एशियामा पठाइएका बिवाइडी मोडेलका चिनियाँ गाडीहरु गुणस्तरहीन प्रमाणित भएको उल्लेख गरेको छ । यही कारण विश्व बजारमा चिनियाँ गाडीको बिक्री ह्वात्तै घटेको पनि वाल स्ट्रिट जर्नलले जनाएको छ । 

तर, विश्व बजारमा नबिकेका, गुणस्तरहीन प्रमाणित भएका, वायर हाउसमा थन्किएका र पुराना मोडेलका चिनियाँ गाडीहरु नेपालमा ल्याइएको छ । अझ यतिसम्म कि नेपालमा ल्याइएका ती गुणस्तरहीन चिनियाँ गाडीलाई ‘लेटेस्ट मोडल’ भन्दै व्यापक प्रचारप्रसारसमेत गरिएको छ । 

चिनियाँ गाडीको गुणस्तरमा देखिएको समस्याका कारण अन्तराष्ट्रिय बजारमा थन्किएका गाडीहरु नेपालमा ल्याएर नयाँ भन्दै लन्च गर्ने र सोझा नेपालीहरुलाई भिडाउने चिनियाँ कम्पनीहरुको खेलले पछिल्लो केही वर्षयता नेपाल गुणस्तरहीन चिनियाँ गाडीको ‘डम्पिङ साइट’ बन्दै गएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register