हुम्लाको कवाडी खोला थुनियो

सुर्खेत । हुम्लामा कवाडी खोला थुनिएको छ । बाजुराको हिमाली गाउँपालिका–२ मा रहेको राक्षस तालबाट आउने उक्त खोलामा पहिरो गएर थुनिएको आंशका गरिएको छ । शुक्रबार बिहान साढे १० बजेको समयदेखि कवाडी खोलामा पानी नआएकाे हुम्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले जानकारी दिए । ‘केही घण्टा अघिदेखि कवाडी खोला सुकेको छ,’ उनले भने, ‘खोलाको मुहानतिर पहिरो […]

Aug 30, 2024 - 07:55
 0
हुम्लाको कवाडी खोला थुनियो

सुर्खेत । हुम्लामा कवाडी खोला थुनिएको छ । बाजुराको हिमाली गाउँपालिका–२ मा रहेको राक्षस तालबाट आउने उक्त खोलामा पहिरो गएर थुनिएको आंशका गरिएको छ ।

शुक्रबार बिहान साढे १० बजेको समयदेखि कवाडी खोलामा पानी नआएकाे हुम्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले जानकारी दिए ।

‘केही घण्टा अघिदेखि कवाडी खोला सुकेको छ,’ उनले भने, ‘खोलाको मुहानतिर पहिरो गएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरी त्यसतर्फ गइसकेको छ । हामीले खोला तटिय क्षेत्रका नागरिकलाई सचेत रहन भनिसकेका छौं ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register