एनपीएल खेल्ने ८ टोलीको नाम सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने ८ टोलीको नाम सार्वजनिक गरेको छ । आउँदो मंसिरमा हुने एनपीएलमा देशका ८ स्थानलाई प्रतिनिधित्व गर्दै टोलीको नाम राखिएको छ । काठमाडौंमा हुने एनपीएलमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम टोली सहभागी हुने क्यानले जनाएको छ । एनपीएल मंसिर […]

Aug 31, 2024 - 05:04
 0
एनपीएल खेल्ने ८ टोलीको नाम सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने ८ टोलीको नाम सार्वजनिक गरेको छ ।

आउँदो मंसिरमा हुने एनपीएलमा देशका ८ स्थानलाई प्रतिनिधित्व गर्दै टोलीको नाम राखिएको छ । काठमाडौंमा हुने एनपीएलमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम टोली सहभागी हुने क्यानले जनाएको छ ।

एनपीएल मंसिर १५ देखि पुस ६ सम्म हुनेछ । क्यानले यसअघि भारतीय कम्पनीलाई जिम्मा दिँदै नेपाल टी-२० लिग आयोजना गरेको थियो ।

स्पट फिक्सिङलगायतका आलोचना र विवादमा परेपछि क्यानले पहिलोपटक आफैँले फ्रेन्चाइज लिग आयोजना गर्न लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register