यसकारण व्यायाम गरेलगत्तै पानी पिउनु हानिकारक हुन्छ

स्वस्थ रहनका लागि व्यायाम गर्नु अत्यन्त आवश्यक छ । यो शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण हुन्छ । यद्यपि, व्यायाम गर्दा शरीरलाई हाइड्रेट राख्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । यसका लागि व्यायामको बीचमा केही घुट्को पानी पिउन सल्लाह दिइन्छ । तर, केही मानिसहरू घण्टौंको कडा व्यायाम गरेपछि तुरुन्तै धेरै पानी पिउँछन्, जुन स्वास्थ्यका […]

Aug 31, 2024 - 04:56
 0
यसकारण व्यायाम गरेलगत्तै पानी पिउनु हानिकारक हुन्छ

स्वस्थ रहनका लागि व्यायाम गर्नु अत्यन्त आवश्यक छ । यो शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण हुन्छ । यद्यपि, व्यायाम गर्दा शरीरलाई हाइड्रेट राख्नु पनि उत्तिकै महत्त्वपूर्ण छ ।

यसका लागि व्यायामको बीचमा केही घुट्को पानी पिउन सल्लाह दिइन्छ । तर, केही मानिसहरू घण्टौंको कडा व्यायाम गरेपछि तुरुन्तै धेरै पानी पिउँछन्, जुन स्वास्थ्यका दृष्टिले निकै गलत हो । व्यायाम एक शारीरिक गतिविधि हो, जसमा शरीर चलायमान हुन्छ ।

यस्तो गतिविधिबाट तुरुन्तै आराममा आउँदा पानी पिउनु हानिकारक हुन सक्छ । आउनुहोस्, व्यायाम गरेपछि तुरुन्तै पानी किन पिउनु हुँदैन, त्यसको कारण जानौँ ।

पाचन प्रणालीमा गडबडी : व्यायामको क्रममा पसिनाको रूपमा शरीरबाट पानी निस्कन्छ, जसले गर्दा शरीर डिहाइड्रेट हुन्छ । यस्तो अवस्थामा तातो शरीरमा अचानक चिसो पानी मिसिँदा पाचन शक्ति बिग्रन सक्छ । यस बेला शरीरको सोस्ने क्षमता कम हुन्छ, जसले गर्दा तातो पेटमा चिसो पानी पुग्दा तीव्र सङ्कुचन, ऐँठन, पखाला र पेट दुखाइजस्ता समस्याहरू देखा पर्न सक्छन् ।

तातो पानी राम्रो विकल्प : तिर्खा मेटाउन चिसो पानी पिउँदा आनन्द त आउँछ तर, व्यायामपछि तातो पानी पिउनु बढी उपयुक्त मानिन्छ । पाचन प्रणालीले तातो पानीलाई सजिलै पचाउँछ, त्यसैले व्यायाम गरेलगत्तै चिसो पानी कहिल्यै नपिउनुहोस् ।

मुटुमा दबाब : व्यायाम गरेपछि मुटुलाई केही समय आराम गर्न दिनुपर्छ । तुरुन्तै पानी पिउँदा यो आन्द्रा-आमाशयमा जम्मा हुन्छ, जसले गर्दा शरीरमा अचानक रक्तसञ्चारको मात्रा बढ्छ र मुटुमा दबाब पर्छ ।

इलेक्ट्रोलाइट असन्तुलन : व्यायाम गरेलगत्तै साधारण पानी पिउँदा शरीरमा इलेक्ट्रोलाइटको असन्तुलन हुन सक्छ, जसले वाकवाकी, रिङ्गटा लाग्ने र थकान महसुस हुने जस्ता समस्याहरू निम्त्याउन सक्छ ।

धेरै आवश्यक परेमा मात्र व्यायामपछि तुरुन्तै एक/दुई घुट्को मनतातो पानी पिउनुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register