सुडानमा बाढीका कारण सात लाखभन्दा बढी मानिस प्रभावित : राष्ट्रसंघ

जुबा । बाढीले दक्षिण सुडान र अबेई प्रशासनिक क्षेत्रका ७८ काउन्टीमध्ये ३० काउउन्टीमा करिब सात लाख १० हजारभन्दा बढी मानिसहरूलाई प्रभावित गरेको संयुक्त राष्ट्रसंघीय राहतसम्बन्धी काम गर्ने संस्थाले बिहीबार जनाएको छ । मे महिनादेखि सुरु भएको भारी वर्षाका कारण आएको बाढीले गम्भीर खाद्यान्न असुरक्षा, आर्थिक गिरावटजस्ता गम्भीर मानवीय संकट निम्त्याएको छ । संस्थाले दक्षिण सुडानको […]

Sep 6, 2024 - 14:35
 0
सुडानमा बाढीका कारण सात लाखभन्दा बढी मानिस प्रभावित : राष्ट्रसंघ

जुबा । बाढीले दक्षिण सुडान र अबेई प्रशासनिक क्षेत्रका ७८ काउन्टीमध्ये ३० काउउन्टीमा करिब सात लाख १० हजारभन्दा बढी मानिसहरूलाई प्रभावित गरेको संयुक्त राष्ट्रसंघीय राहतसम्बन्धी काम गर्ने संस्थाले बिहीबार जनाएको छ ।

मे महिनादेखि सुरु भएको भारी वर्षाका कारण आएको बाढीले गम्भीर खाद्यान्न असुरक्षा, आर्थिक गिरावटजस्ता गम्भीर मानवीय संकट निम्त्याएको छ ।

संस्थाले दक्षिण सुडानको राजधानी जुबामा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बाढीले मेदेखि घर, बाली र महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको छ । शिक्षा र स्वास्थ्य सेवाहरू अवरुद्ध भएको र रोगको प्रकोपको जोखिम बढेको छ ।”

सोमबार र मङ्गलबार जुबामा भएको उच्चस्तरीय छलफलमा सन् २०२४ को बाढी र प्रतिकार्य योजनाको पूर्वतयारीका लागि समीक्षा गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायले बढ्दो प्रकोपलाई सम्बोधन गर्न समन्वयात्मक कार्यको लागि आह्वान गरेको छ । मानवीय साझेदारहरूले जीवन बचाउने सहायताको साथ बाढी प्रभावितहरूका तत्कालका आवश्यकतालाई द्रुत रूपमा समाधान गर्ने काम गरिरहेका छन् ।

देशको जलस्रोत तथा सिँचाइ मन्त्रालयले अगस्ट २० मा नाइल नदीको तल्लो क्षेत्रका समुदायहरूलाई स्थानान्तरण गर्न तत्काल अपिल जारी गरेको थियो । जुबा काउन्टीको मंगला टेलिमेट्रिक स्टेशनमा पानीको स्तर १४.८५ मिटरको पाँच वर्षको उच्चस्तरमा पुगेको छ । सिन्ह्रा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register