रूसमा २२ जना सवार हेलिकोप्टर बेपत्ता

काठमाडौं । रूसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकोप्टर बेपत्ता भएको क्षेत्रीय अधिकारीले बताएका छन् । कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा भनिएको छ, “ग्रीनवीच समय अनुसार शनिबार बिहान करिब ४ः१५ मा एमआई–८ हेलिकोप्टरसँगको सम्पर्क विच्छेद भएको छ । हेलिकोप्टरमा १९ जना यात्रु र तीन चालक दलका सदस्य गरी २२ जना सवार […]

Aug 31, 2024 - 13:48
 0
रूसमा २२ जना सवार हेलिकोप्टर बेपत्ता

काठमाडौं । रूसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकोप्टर बेपत्ता भएको क्षेत्रीय अधिकारीले बताएका छन् ।

कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा भनिएको छ, “ग्रीनवीच समय अनुसार शनिबार बिहान करिब ४ः१५ मा एमआई–८ हेलिकोप्टरसँगको सम्पर्क विच्छेद भएको छ । हेलिकोप्टरमा १९ जना यात्रु र तीन चालक दलका सदस्य गरी २२ जना सवार थिए ।”

रूसी अधिकारीका अनुसार अन्य हेलिकोप्टरमा पठाइएका उद्धार टोलीहरूले रातभर हराइरहेको हेलिकोप्टरको खोजी गरिरहेका छन् ।

एमआई–८ सोभियतकालिन डिजाइनको सैन्य हेलिकोप्टर हो, जुन रूसमा यातायातको लागि व्यापक रूपमा प्रयोग गरिन्छ ।

हराएको हेलिकोप्टरले जङ्गली परिदृश्य र सक्रिय ज्वालामुखीका लागि चिनिने वाचकाझेट्स प्रायद्वीपको एक रमणीय क्षेत्रमा रहेको ज्वालामुखी नजिकैबाट यात्रुहरूलाई उठाएको थियो ।

आपतकालीन सेवाका एक स्रोतले तास समाचार संस्थालाई बताएअनुसार हेलिकोप्टर उडेको केही समयपछि राडारबाट गायब भएको थियो र चालक दलका सदस्यलाई कुनै समस्या भएको थिएन ।

मौसमसम्बन्धी सेवा प्रदान गर्ने स्थानीय एक कार्यालयले विमानस्थलको क्षेत्रमा ‘भिजिबिलिटी’ कम रहेको जनाएको छ ।

रूसको प्रायः उडानका लागि प्रतिकुल मौसम रहने सुदूर पूर्वी क्षेत्रमा विमान र हेलिकोप्टर दुर्घटना धेरै हुन्छन् । यहाँ पातलो वस्ती र कम जनसङ्ख्या रहेको छ ।

सन् २०२१ को अगष्टमा १३ जना पर्यटकसहित १६ जना सवार एमआई–८ हेलिकोप्टर भिजिबिलिटी कम भएका कारण कामचट्काको तालमा खस्दा आठ जनाको मृत्यु भएको थियो ।
सोही वर्षको जुलाईमा प्रायद्वीपमा अवतरणका लागि आएको एउटा विमान दुर्घटनाग्रस्त भएको थियो जसमा २२ जना यात्रु र छ जना चालक दलका सदस्य थिए । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register