हमाससँगको युद्ध विराम बारे इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीबीच विवाद

काठमाडौँ । हमाससँगको युद्ध विरामको विषयमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षमन्त्री योआभ गल्लान्टबीच विवाद भएको छ । मिडिया रिपोर्टका अनुसार विहिबार बसेको वार क्याबिनेटको बैठकमा प्रधानमन्त्री नेतान्याहू र रक्षामन्त्री गल्लान्टबीच भनाभन भएको थियो । प्रधानमन्त्री नेतान्याहूले हमाससँग युद्ध विराम भएपनि इजरायली सेनाले गाजा र इजिप्टको सीमामा रहेको १४ किलोमिटर लामो फिलाडेल्फी कोरिडोर छोड्न नहुने […]

Aug 31, 2024 - 16:04
 0
हमाससँगको युद्ध विराम बारे इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीबीच विवाद

काठमाडौँ ।

हमाससँगको युद्ध विरामको विषयमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षमन्त्री योआभ गल्लान्टबीच विवाद भएको छ ।

मिडिया रिपोर्टका अनुसार विहिबार बसेको वार क्याबिनेटको बैठकमा प्रधानमन्त्री नेतान्याहू र रक्षामन्त्री गल्लान्टबीच भनाभन भएको थियो । प्रधानमन्त्री नेतान्याहूले हमाससँग युद्ध विराम भएपनि इजरायली सेनाले गाजा र इजिप्टको सीमामा रहेको १४ किलोमिटर लामो फिलाडेल्फी कोरिडोर छोड्न नहुने धारणा राखेका थिए । यो कोरिडोर अहिले इजरायली सेनाको नियन्त्रणमा रहेको छ । इजरायलले यस कोरिडोरबाट हमासले हतियारको तस्करी गर्ने आरोप लगाएको छ ।

युद्ध विरामको समयमा इजरायलले सो कोरिडोर छोड्नुपर्ने प्रमुख शर्त हमासले राखेको छ । क्याबिनेट बैठकमा प्रधानमन्त्री नेतान्याहूले कसरी इजरायली सेना सो कोरिडोरमा रहन सक्छन् भन्ने नक्शामै ब्रिफ गरेर देखाएका थिए । नेतान्याहुको ब्रिफिङको रक्षामन्त्रीले विरोध गरेको विभिन्न इजरायली मिडियाहरुले उल्लेख गरेका छन् ।

रक्षामन्त्रीले हमासले यो शर्त नमान्ने र अपहरण गरिएका व्यक्तिहरु नछोड्ने बताएका थिए । रक्षमन्त्रीले नेतान्याहूलाई सो बैठकमा ३० जना नागरिकको जीवन खतरामा पर्ने भन्दै सहमति अनुसार कोरिडोर खाली गर्नुपर्ने बताएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register