बैंङ्किङ कसुर सम्बन्धि विधेयकमा संशोधन राख्ने सांसदसँग अर्थ समितिको छलफल

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बैङ्किङ् कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गरेको छ । सिंहदरबारमा आइतबार बसेको बैठकमा संशोधनकर्ता सांसदले आफ्नो संशोधनको औचित्यमाथि धारणा राखेका छन् । सांसद सोबिता गौतमले चेक अनादरसम्बन्धी चाप बित्तिय संस्था र अदालतमा समेत रहेकाले सान्दर्भिक रुपमा विधेयक आएको बताइन । उनले विधेयकमा जानीजानी बैंकमा रकम […]

Sep 1, 2024 - 07:53
 0
बैंङ्किङ कसुर सम्बन्धि विधेयकमा संशोधन राख्ने सांसदसँग अर्थ समितिको छलफल

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बैङ्किङ् कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको बैठकमा संशोधनकर्ता सांसदले आफ्नो संशोधनको औचित्यमाथि धारणा राखेका छन् ।

सांसद सोबिता गौतमले चेक अनादरसम्बन्धी चाप बित्तिय संस्था र अदालतमा समेत रहेकाले सान्दर्भिक रुपमा विधेयक आएको बताइन । उनले विधेयकमा जानीजानी बैंकमा रकम नभएको चेक दिने विषयले जानीजानी वा अन्जानबस भन्ने बिषय पुष्टि गर्न कठिन हुने भएकाले जानीजानी शब्दको ठाउँमा अर्को शब्द राख्न सुझाव दिइन ।

त्यस्तै सांसद बिमला सुवेदीले बैंकमा रकम नभएको चेक दिने विषयको कानूनी निरुपणका क्रममा विगो बमोजिमको रकमको कानून बमोजिमको ब्याज भन्ने शब्द राख्न संशोधन प्रस्ताव राखिएको बताइन ।

समिति सभापति सन्तोष चालिसेले २० जना संशोधनकर्ताले नै धारणा राखेपछि दफावार छलफल गरि विधेयकलाई छिटो पारित गर्ने बताए ।

२०८० साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरेको थियो ।

चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानूनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुपता दिन सरकारले विधेयक ल्याएको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register