टानको निर्वाचन सोमबार हुँदै 

काठमाडौँ।  ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)  को निर्वाचन तथा ४६ औं वार्षिक साधारणसभा भोलि  (सोमबार)  हुँदैछ । नयाँ नेतृत्वका लागि दुई प्यानल चुनावी प्रतिस्पर्धामा छन् ।  राजेन्द्रप्रसाद सापकोटा नेतृत्व लोकतान्त्रिक तथा प्रगतिशील व्यवसायीहरुको प्यानलले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । सापकोटा अध्यक्ष रहेको प्यानलमा नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, एमालेनिकट राष्ट्रिय […]

Sep 1, 2024 - 09:27
 0
टानको निर्वाचन सोमबार हुँदै 

काठमाडौँ। 

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)  को निर्वाचन तथा ४६ औं वार्षिक साधारणसभा भोलि  (सोमबार)  हुँदैछ । नयाँ नेतृत्वका लागि दुई प्यानल चुनावी प्रतिस्पर्धामा छन् । 

राजेन्द्रप्रसाद सापकोटा नेतृत्व लोकतान्त्रिक तथा प्रगतिशील व्यवसायीहरुको प्यानलले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ ।

सापकोटा अध्यक्ष रहेको प्यानलमा नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, एमालेनिकट राष्ट्रिय पर्यटन व्यवसायी संगठन, शेर्पा पर्यटन व्यवसायी संघलगायत अग्रज र युवा व्यवसायीहरुको समर्थन र सहभागिता रहेको प्रथम उपाध्यक्षका प्रत्याशी विष्णुप्रसाद लम्सालले जानकारी दिएका छन् ।

निर्वाचनमा सापकोटा समुहका प्रथम उपाध्यक्षमा लम्साल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालको आगामी व्यावसायिक यात्रा भनेको श्रमिक र व्यवसायी दुवैका समस्या पहिचान गरी समाधानको बाटो खोज्नु रहेको बताउँछन् ।

उनले  टानमार्फत व्यवसायीको हक हित र संरक्षण रोजगारीको सृजना गर्नुपर्ने आवश्यक भएको भन्दै व्यवसाय बचेमा मात्र पेशा सुरक्षित हुने बताए।   आफू संलग्न समूह मार्फत अब आफूहरूले स्मार्ट टानको लक्ष्य अवलम्बन गर्ने गरी कार्ययोजना अघि सारेको उनको भनाइ छ।

उनका अनुसार टुर एण्ड ट्राभल्स व्यवसाय यतिबेला सङ्कटउन्मुख अवस्थामै छ, देशका महत्वपूर्ण पदमार्गलाई विकासका नाममा मास्ने काम भइरहेको छ ।राज्य स्वयंले मानव अधिकारमैत्री विकास पद्धतिलाई अवलम्बन गर्न नसक्दा आगामी दिनमा भोग्नुपर्ने समस्या ‘बाउट’का बारेका  सचेत गराउनेदेखि विश्वकै उत्कष्ट पदमार्गलाई विभिन्न बाहनामा महत्व घटाउने काम भइरहेको छ। जसबाउट ‘बहस’ र पैरबीमार्फत सचेतना र जागृत गर्ने दायित्व पनि आफूहरूसँग रहेको लम्सालले बताए ।

आफूहरूको नेतृत्वले यी र यस्ता समस्याले यस व्यवसायमा जोडिएका करिब ६ लाखभन्दा बढी श्रमिक र ३ हजारको हाराहारीमा रहेका व्यवसायीसँगै मुलुकको पर्यटन क्षेत्रको भविष्यको समेत खोजी र संरक्षण गर्नुपर्ने अवस्था रहेको लम्सालको बुझाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register