हमासले बन्धक बनाएका ६ जनाको शव भेटियो

काठमाडौँ । इजरायलले गाजा पट्टीमा हमासले बन्धक बनाएका ६ जनाको शव आफ्नो सुरक्षा बलले फेला पारेको जनाएको छ । एक विज्ञप्तिमा, इजरायली रक्षा बल (आईडीएफ) ले शनिबार रफाह क्षेत्रमा भूमिगत सुरुङमा यी शवहरू भेटिएको बताएको छ । आईडीएफका अनुसार मारिएका बन्धकहरूको नाम कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्ष गोल्डबर्ग-पोलिन, अलेक्ज्याण्डर लोबानोभ, अल्मोग सरुसी र मास्टर सर्जेन्ट […]

Sep 1, 2024 - 09:32
 0
हमासले बन्धक बनाएका ६ जनाको शव भेटियो

काठमाडौँ ।

इजरायलले गाजा पट्टीमा हमासले बन्धक बनाएका ६ जनाको शव आफ्नो सुरक्षा बलले फेला पारेको जनाएको छ । एक विज्ञप्तिमा, इजरायली रक्षा बल (आईडीएफ) ले शनिबार रफाह क्षेत्रमा भूमिगत सुरुङमा यी शवहरू भेटिएको बताएको छ ।

आईडीएफका अनुसार मारिएका बन्धकहरूको नाम कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्ष गोल्डबर्ग-पोलिन, अलेक्ज्याण्डर लोबानोभ, अल्मोग सरुसी र मास्टर सर्जेन्ट ओरी डानिनो रहेको छ ।

मारिएका बन्धकहरूमध्ये अमेरिकी नागरिकको मृत्युप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू निराश र आक्रोशित भएको बताएका छन् । ती सबैलाई हमासले अक्टोबर ७, २०२३ मा बन्धक बनाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register