तालिम दिने भन्दै वडाअध्यक्षको छोराले होटलमा लगे किशोरी, बलात्कारको घटना लुकाउन राजनीतिक दबाब

घटनाको खुलासा किशोरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि भएको हो । घटनालाई राजनीतिक दबाबले लुकाउने प्रयास भए पनि असफल बनेको हो ।

Sep 1, 2024 - 10:45
 0
तालिम दिने भन्दै वडाअध्यक्षको छोराले होटलमा लगे किशोरी, बलात्कारको घटना लुकाउन राजनीतिक दबाब

रुपन्देही । तालिमको लोभ देखाएर १९ वर्षीया किशोरीमाथि भएको बलात्कार भएको घटना उजागर भएको छ । घटनाको खुलासा किशोरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि भएको हो । घटनालाई राजनीतिक दबाबले लुकाउने प्रयास भए पनि असफल बनेको हो ।

रुपन्देहीको कोटहीमाई गाउँपालिकाका दुई कर्मचारी र वडाध्यक्षका छोरासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ ५ गते, उद्यम विकास सहजकर्ता मुकेश चौधरीले किशोरीलाई तालिम दिने भन्दै मोटरसाइकलमा होटल पुर्‍याएर जबरजस्ती गरेका थिए ।

पीडितका आफन्तले गाउँपालिकाका शिक्षा शाखाका कर्मचारी मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र ३५ वर्षीय बन्टी पाण्डेलाई प्रहरीलाई बुझाएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले दुई कर्मचारीसहित तीन जनालाई बलात्कार आरोपमा पक्राउ गरेको पुष्टि गरेका छन् । पीडित किशोरीले बयान दिँदै, ‘तालिमको बहानामा जबरजस्ती करणी गरिएको’ बताएकी छन् ।

घटना सार्वजनिक भएपछि राजनीतिक दबाबको प्रयास भइरहेका छन् । तर प्रहरीले निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको छ । गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले दोषी जोसुकै भए पनि कानुनी सजाय पाउनुपर्छ भन्दै प्रहरीलाई सहयोग गर्ने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register