३५ वर्षपछि परिवार भेटेका प्रकाश मोक्तानलाई घरमै लगेर दिइयो नागरिकता

प्रकाश मोक्तान, जो ‘हराएका वर्षहरू’को पात्र बनेर ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन गरेका थिए । उनी गोरखाबाट भोजपुर फर्किएपछि नागरिकता दिइएको हो ।

Sep 1, 2024 - 10:57
 0
३५ वर्षपछि परिवार भेटेका प्रकाश मोक्तानलाई घरमै लगेर दिइयो नागरिकता

भोजपुर । युट्युब कार्यक्रम ‘हेर्ने कथा’ मार्फत् चर्चामा आएका प्रकाश मोक्तानलाई अन्ततः घरमै नागरिकता दिइएको छ । भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले आइतबार प्रकाशलाई औपचारिक रूपमा नागरिकता हस्तान्तरण गरे ।

वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालयका प्रमुख विनोद ज्ञवाली, र नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईँ पनि उपस्थित थिए ।

आफ्नो परिवारसँगको पुनर्मिलनसँगै प्रकाशले नागरिकता पाएपछि नयाँ जीवनको सुरुवात गर्दैछन् ।

प्रकाश मोक्तान, जो ‘हराएका वर्षहरू’को पात्र बनेर ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन गरेका थिए । उनी गोरखाबाट भोजपुर फर्किएपछि नागरिकता दिइएको हो ।

‘हेर्ने कथा’ मार्फत् वर्षअघि परिवार भेटेका प्रकाशको कथाले धेरैलाई भावुक बनाएको छ । त्यसपछि दशैँ तिहारको अवसरमा भोजपुर गएका प्रकाश फेरि गोरखाको चुमभ्याली फर्किएका थिए । जहाँबाट अहिले फेरि उनी घर फर्किएका हुन् ।

प्रकाशलाई गोरखाका साहू टासी लामाले १० लाख रुपैयाँ पारिश्रमिक दिने घोषणा गरेका छन् । उनी बसेको चुमनुव्री गाउँपालिकाले थप १ लाख रुपैयाँ प्रदान गर्ने बताएका छन् ।

प्रकाशले नागरिकता प्राप्त गरेपछि अब बैङ्क खाता खोल्ने तयारीमा छन् । त्यसपछि उनलाई यी रकम हस्तान्तरण गरिने जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register