सबै दलको सहमतिमा मात्रै संविधान संशोधन हुन्छ : ऊर्जा मन्त्री खड्का

किमाथांका । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समयानुकूल संविधान संशोधन गरिनुपर्ने बताएका छन् । सोमबार गृह जिल्ला सङ्खुवासभामा जिल्ला समन्वय समितिले आयोजना गरेको छलफल कार्यक्रममा उनले सबै दलहरूको सहमतिमा हाल देखिएका समस्या समाधानका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । संविधान संशोधन अहिलेको आवश्यकता भए पनि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले मात्र […]

Sep 9, 2024 - 15:31
 0
सबै दलको सहमतिमा मात्रै संविधान संशोधन हुन्छ : ऊर्जा मन्त्री खड्का

किमाथांका । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समयानुकूल संविधान संशोधन गरिनुपर्ने बताएका छन् । सोमबार गृह जिल्ला सङ्खुवासभामा जिल्ला समन्वय समितिले आयोजना गरेको छलफल कार्यक्रममा उनले सबै दलहरूको सहमतिमा हाल देखिएका समस्या समाधानका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

संविधान संशोधन अहिलेको आवश्यकता भए पनि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले मात्र संविधान संशोधन सम्भव नहुने भएकाले नेकपा (माओवादी केन्द्र) लगायतका दलको सहमति जुटाएर अगाडि बढ्न सरकारले सहजीकरण गर्ने बताए । यसैगरी मन्त्री खड्काले ऊर्जा क्षेत्रलाई सरकारले मुख्य आयस्रोतका रूपमा अगाडि बढाएको र निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताए ।

मन्त्री खड्कासँगै मन्त्रालयका सचिव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोली सङ्खुवासभा पुगेको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register