ममता काफ्ले प्रकरण : ब्लुस्टार प्रविधिले देखायो घरभित्र रगतका टाटा, फोटो सार्वजनिक

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट सम्पर्कविहीन भएकी नेपाली ममता काफ्लेको घरभित्रका केही तस्वीरहरु सार्वजनिक भएका छन् । अदालतमा शव लुकाएको आरोपमा भएको सुनुवाइका क्रममा पेश गरिएका तस्वीरहरु सार्वजनिक भएको हो । ममता बेपत्तामा श्रीमान् नरेश भट्टको हात रहेको भन्दै मनसास पार्क प्रहरीले उनलाई नियन्त्रणमा लिएर अदालतमा पेश गरेको हो । तस्वीरमा कोठाभित्र कार्पेट र […]

Sep 1, 2024 - 12:41
 0
ममता काफ्ले प्रकरण : ब्लुस्टार प्रविधिले देखायो घरभित्र रगतका टाटा, फोटो सार्वजनिक

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट सम्पर्कविहीन भएकी नेपाली ममता काफ्लेको घरभित्रका केही तस्वीरहरु सार्वजनिक भएका छन् ।

अदालतमा शव लुकाएको आरोपमा भएको सुनुवाइका क्रममा पेश गरिएका तस्वीरहरु सार्वजनिक भएको हो ।

ममता बेपत्तामा श्रीमान् नरेश भट्टको हात रहेको भन्दै मनसास पार्क प्रहरीले उनलाई नियन्त्रणमा लिएर अदालतमा पेश गरेको हो ।

तस्वीरमा कोठाभित्र कार्पेट र बाथरुममा रगतका टाटा देखिन्छन् । अवस्था हेर्दा ममता जिउँदो हुने सम्भावना नरहेको पनि प्रहरीले अदालतमा बताएको छ ।

ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् । ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो । ममताको हत्या गरेर शव लुकाएको उनीमाथि आरोप छ ।

प्रहरीले कोठामा रगत भए नभएको पहिचान गर्न ब्लुस्टार प्रविधि प्रयोग गरेको थियो । कोठाभित्र रगक्ताम्ये भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको दाबी छ । अहिले सार्वजनिक भएको कोठा र बाथरुमका तस्वीरले पनि त्यो शंकालाई बल पुर्या‍एको छ ।

पक्राउ परेका भट्ट पक्षका वकिलले भने शरीरबिनै गम्भीर अभियोग लगाइएको भन्दै जमानतमा छाड्न माग गरेका छन् ।

पछिल्लो समय ममताले घरमा आफूविरुद्ध हिंसा भइरहेको भन्दै अफिसका सहकर्मीलाई सुनाएकी थिइन् । अचानक बिना जानकारी उनी अफिस आउन छाडेपछि सहकर्मी प्रहरीमा गएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register