दुईजना राप्ती नदीमा बेपत्ता

काठमाडौं । चितवनको मेघौलीका दुई जनालाई राप्ती नदीले बगाएको छ । माछा मार्ने प्रयोजनसहित शुक्रबार अपराह्न तीनजना राप्ती नदी पुगेर बेपत्ता भएका थिए । बेपत्तामध्ये १ जना भेटिएका छन् भने दुईजनाको खोजी कार्य जारी छ । इलाका प्रहरी कार्यालय, पर्साढापका अनुसार भरतपुर महानगरपालिका २५ का ४३ वर्षीय सञ्जीव चौधरी, वडा नं. २७ का ४५ वर्षीय […]

Sep 7, 2024 - 04:35
 0
दुईजना राप्ती नदीमा बेपत्ता

काठमाडौं । चितवनको मेघौलीका दुई जनालाई राप्ती नदीले बगाएको छ । माछा मार्ने प्रयोजनसहित शुक्रबार अपराह्न तीनजना राप्ती नदी पुगेर बेपत्ता भएका थिए । बेपत्तामध्ये १ जना भेटिएका छन् भने दुईजनाको खोजी कार्य जारी छ ।

इलाका प्रहरी कार्यालय, पर्साढापका अनुसार भरतपुर महानगरपालिका २५ का ४३ वर्षीय सञ्जीव चौधरी, वडा नं. २७ का ४५ वर्षीय सुकबहादुर परियार र २८ वर्षीय रोहितकुमार चौधरीलाई नदीले बगाएको थियो ।

तर, बगेको केहीबेरमा रोहितकुमार भने उत्रिए तर, दुईजना उत्रिएनन् । उनले प्रहरीलाई बताएअनुसार अन्य दुईजना साथीलाई जमुनाघाटबाट नदीले बगाएको थियो ।

निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका नेपाली सेना, स्थानीयबासीको टोलीले शनिबार पनि बिहानैबाट हात्ती र मोटरबोटबाट खोजी सुरु गरेका छन् । सेनाले रोहितकुमारको सूचनाको आधारमा अन्य दुई जनाको खोजी भइरहेको बताएको छ । तर, भेटिएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register