सांसद लिम्बू भन्छन्, ‘शिवसताक्षीको दक्षिणी क्षेत्रमा सडकहरु धेरै कालो पत्रे भएको छ’

शिवसताक्षी, १६ भदौ । झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बूले शिवसताक्षी नगरपालिकाको दक्षिणी क्षेत्रमा भएका सडकहरु धेरै कालो पत्रे भएको बताएका छन् । यसअघि कालो पत्रे सडक हेर्न कै लागि पूर्व–पश्चिम लोकमार्ग जानु पर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘कुनै बेला भन्ने गरिन्थ्यो पाँचगाछी भनेको हेपिएको ठाउँ हो, विकास नभएको ठाउँ [...] The post सांसद लिम्बू भन्छन्, ‘शिवसताक्षीको दक्षिणी क्षेत्रमा सडकहरु धेरै कालो पत्रे भएको छ’ appeared first on Jhapa Online.

Sep 1, 2024 - 13:34
 0
सांसद लिम्बू भन्छन्, ‘शिवसताक्षीको दक्षिणी क्षेत्रमा सडकहरु धेरै कालो पत्रे भएको छ’

शिवसताक्षी, १६ भदौ । झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बूले शिवसताक्षी नगरपालिकाको दक्षिणी क्षेत्रमा भएका सडकहरु धेरै कालो पत्रे भएको बताएका छन् ।

यसअघि कालो पत्रे सडक हेर्न कै लागि पूर्व–पश्चिम लोकमार्ग जानु पर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘कुनै बेला भन्ने गरिन्थ्यो पाँचगाछी भनेको हेपिएको ठाउँ हो, विकास नभएको ठाउँ हो । तर हाल संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले यहाँका बाटाहरु कालो पत्रे गरेका छन्’, उनले भने, ‘केही सामाजिक सञ्चालनहरुमा प्रयोजित तरिकाले विकास भएन, बदलिएन भन्ने भास्य निर्माण गरिँदै छ । यो जनतामा भम्र छर्ने काम मात्र हो ।’

रङ्याथानदेखि कनकाई पारी सुँगाबथान जोड्ने झोलुङेपुलको सबै प्रक्रिया पूरा भएको उनले बताए । विगतमा सरकार तलमाथि हुँदा योजना केही अलमलमा परेको र अब कार्यान्वयनको प्रक्रियामा रहेको उनले सुनाए ।

‘यहाँको जटिल समस्या भनेको नदी कटान हो’, उनले भने, ‘शिवगञ्ज बजार उत्तर कनकाई नदीको तटबन्धन भएको छ । हाल शिवगञ्ज बजारदेखि मदगाछ जोड्ने गरी पुल निर्माण हुँदैछ । अब शिवसतक्षीको वडा ४ मा पर्ने नदी कटान नियन्त्रणका काम बाँकी छ । यो काम पूरा भएपछि नदी कटान नियन्त्रणको काम पूण रुपमा पुरा हुन्छ ।’

The post सांसद लिम्बू भन्छन्, ‘शिवसताक्षीको दक्षिणी क्षेत्रमा सडकहरु धेरै कालो पत्रे भएको छ’ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register