चाड पर्वका लागि ४४ हजार मेट्रिक टन चिनी आयात गरिँदै

झापा, २६ भदौ । सरकारले चाडपर्वलाई लक्षित गरी चिनी आयातका लागि सहुलियत दिएको छ । चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएको छ । यो पटक चिनीमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई भन्सार शुल्कमा ५० प्रतिशत छुट दिइने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । यी दुवै कम्पनीलाई भारत सरकारले [...] The post चाड पर्वका लागि ४४ हजार मेट्रिक टन चिनी आयात गरिँदै appeared first on Jhapa Online.

Sep 11, 2024 - 02:40
 0
चाड पर्वका लागि ४४ हजार मेट्रिक टन चिनी आयात गरिँदै

झापा, २६ भदौ । सरकारले चाडपर्वलाई लक्षित गरी चिनी आयातका लागि सहुलियत दिएको छ । चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएको छ ।

यो पटक चिनीमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई भन्सार शुल्कमा ५० प्रतिशत छुट दिइने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । यी दुवै कम्पनीलाई भारत सरकारले दिइने चालु वर्षको कोटा बमोजिम १५ हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति दिइने निर्णय भएको छ ।

सरकारले निजी र सरकारी कम्पनी गरेर ४४ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी गरेको छ । उक्त चिनी चाडपर्व अगाडि ल्याइसक्ने तयारी भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

The post चाड पर्वका लागि ४४ हजार मेट्रिक टन चिनी आयात गरिँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register