इजरायलमा प्रधानमन्त्री नेतन्याहुविरुद्ध चर्को प्रदर्शन, युद्धविराम गरेर वार्ता गर्न आग्रह

काठमाडौं । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सरकार विरुद्ध चर्को प्रदर्शन भइरहेको छ। सरकार विरुद्ध हजारौँ मानिस सडकमा उत्रिएका छन् । गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि यी प्रदर्शनहरू सुरु भएका हुन्। प्रधानमन्त्री नेतन्याहुको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्नुपर्छ भन्ने जनताको माग रहेको छ । उनीहरुले तत्काल युद्धबिराम गरेर वार्ता अगाडि बढाउन […]

Sep 2, 2024 - 04:33
 0
इजरायलमा प्रधानमन्त्री नेतन्याहुविरुद्ध चर्को प्रदर्शन, युद्धविराम गरेर वार्ता गर्न आग्रह

काठमाडौं । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सरकार विरुद्ध चर्को प्रदर्शन भइरहेको छ। सरकार विरुद्ध हजारौँ मानिस सडकमा उत्रिएका छन् ।

गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि यी प्रदर्शनहरू सुरु भएका हुन्। प्रधानमन्त्री नेतन्याहुको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्नुपर्छ भन्ने जनताको माग रहेको छ । उनीहरुले तत्काल युद्धबिराम गरेर वार्ता अगाडि बढाउन माग गरेका छन् ।

हातमा इजरायली झण्डा बोकेर तेल अभिभ, जेरुसेलम र अन्य धेरै सहरहरूमा प्रदर्शनकारीहरू निस्किएका थिए। प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न पहल नगरेको आन्दोलनकारी आरोप छ। गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा सयौँ मानिसलाई बन्धक बनाइएको थियो ।

आइतबार शान्तिपूर्ण रूपमा आन्दोलन सुरु भएको थियो । तर भीडले पछि पुलिस अवरोधहरू तोड्यो र तेल अभिभका प्रमुख राजमार्गहरू अवरुद्ध भए ।

इजरायलको ट्रेड युनियनले सोमबार देशव्यापी हडतालको घोषणा गरेको छ । बन्धकहरूको रिहाइका लागि सरकारले जतिसक्दो चाँडो हमाससँग सम्झौता गर्नुपर्ने उनीहरूको माग छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register