साफ यू-१७ : खेल तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिद्धन्दी पाकिस्तान

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । साफले भुटानमा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल पाकिस्तानविरुद्ध २१ सेप्टेम्बरमा खेल्ने छ । २३ सेप्टेम्बरमा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकासँग भिड्ने छ । २५ सेप्टेम्बरमा नेपालले आफ्नो तेस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ । उद्घाटन […]

Sep 2, 2024 - 07:45
 0
साफ यू-१७ : खेल तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिद्धन्दी पाकिस्तान

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । साफले भुटानमा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल पाकिस्तानविरुद्ध २१ सेप्टेम्बरमा खेल्ने छ । २३ सेप्टेम्बरमा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकासँग भिड्ने छ । २५ सेप्टेम्बरमा नेपालले आफ्नो तेस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

उद्घाटन खेलमा भने साविक विजेता भारत र बंगलादेश आमनेसामने हुनेछन् ।

७ राष्ट्रको सहभागिता भएको प्रतियोगिता सेप्टेम्बर २० देखि ३० सम्म सञ्चालन हुने छ । सहभागी राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’मा भारत, माल्दिभ्स र बंगलादेश छन् भने समूह ‘बी’मा श्रीलंका, नेपाल, पाकिस्तान र भुटान रहेका छन् । हरेक समूहका विजेता तथा उपविजेताले सेप्टेम्बर २८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल भने सेप्टेम्बर ३० मा हुनेछ ।

प्रतियोगिताका सबै खेलहरु भुटानको थिम्पुस्थित चाङ्लिमिथाङमा खेलाइने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register