आठ महिनामा ७ लाख पर्यटक भित्रिए नेपाल

काठमाडौं । पछिल्लो ८ महिनामा ७ लाख पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट अन्तिमसम्म ७ लाख २० हजार ३३४ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् । बोर्डको तथ्यांकअनुसार यस वर्ष मार्च महिनामा सबैभन्दा धेरै १ लाख २८ हजार १६७ जना पर्यटक आएको देखिन्छ । भने, जुलाईमा सबैभन्दा कम ६४ हजार ५९९ […]

Sep 2, 2024 - 07:53
 0
आठ महिनामा ७ लाख पर्यटक भित्रिए नेपाल

काठमाडौं । पछिल्लो ८ महिनामा ७ लाख पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट अन्तिमसम्म ७ लाख २० हजार ३३४ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

बोर्डको तथ्यांकअनुसार यस वर्ष मार्च महिनामा सबैभन्दा धेरै १ लाख २८ हजार १६७ जना पर्यटक आएको देखिन्छ । भने, जुलाईमा सबैभन्दा कम ६४ हजार ५९९ पर्यटक आएका छन् ।

सन् २०२४ को जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६, मेमा ९० हजार २११, जुनमा ७६हजार ७३६, जुलाईमा ६४ हजार ५९९ र अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल भित्रिएको तथ्यांकले देखाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register