ओलीलाई बालेनले भने – ज्ञानविहीन हुँदा तपाईं जस्तै पछि कार्यकर्ता अरुको इशारामा चल्नुपर्ला

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत् बालेनले एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्माले बालश्रम राखेको भन्ने मुद्दामा कार्यकर्ताहरूले भ्रमहरू फैलाएको भन्दै प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन्। उद्धार गरेकी बालिकाको बुवालाई शर्माले प्रयोग गरी महानगरविरुद्ध सर्वोच्च […]

Sep 2, 2024 - 13:01
 0
ओलीलाई बालेनले भने – ज्ञानविहीन हुँदा तपाईं जस्तै पछि कार्यकर्ता अरुको इशारामा चल्नुपर्ला

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन सुझाव दिएका छन्।

सामाजिक सञ्जालमार्फत् बालेनले एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्माले बालश्रम राखेको भन्ने मुद्दामा कार्यकर्ताहरूले भ्रमहरू फैलाएको भन्दै प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन्।

उद्धार गरेकी बालिकाको बुवालाई शर्माले प्रयोग गरी महानगरविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हाल्न लगाएको पनि उनले बताए ।

शर्माले आफूले गरेको कसुरमा जेल जान सक्ने सम्भावना देखेर आफू छलिन अदालत धाएको पनि बालेनको आरोप छ ।

उनले लेखेका छन्, ‘रेखा कुमारी शर्माले आफूले गरेको कसुरमा जेल जान सक्ने सम्भावना देखेर आफू छलिन र जोगिन आफै सर्वोच्च र उच्च अदालतमा मुद्दा हाल्दै छिन र आफै हार्दै छिन । महानगरले उनी विरुद्ध हालेको मुद्दा त प्रहरीले अनुसन्धान अघि बढाएकै छैन, अदालतमा प्रवेश गरेकै छैन र हामीले उठाएको कुरा नै त्यही नै हो कि उनले गरेको कसुर बमोजिमको कसुर बमोजिमको कारबाही अघि बढ्नुपर्छ ।’

उनले थप भने, ‘प्रधानमन्त्री खड्क प्रसाद ओली ज्यु तपाईं आफ्नो कार्यकर्ताहरुलाई सामान्य ज्ञान दिएर राजनितिमा लगाउनु होला । पछि यस्तै ज्ञान बिहिन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरुको इशारामा चल्ने हुनुपर्ला ।’

सर्वोच्चको फैसलाको आधा पाठ ल्याएर भ्रम छर्ने काम भएको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register