सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं। पाल्पा, रामपुर नगरपालिका-१० बर्दलेस्थित सडकमा बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु.४४ प २४३१ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक रामपुर नगरपालिका-१० गेझा माथर बस्ने ४० वर्षीय यम बहादुर खरू मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित […]

Sep 2, 2024 - 13:03
 0
सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं।

पाल्पा, रामपुर नगरपालिका-१० बर्दलेस्थित सडकमा बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु.४४ प २४३१ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक रामपुर नगरपालिका-१० गेझा माथर बस्ने ४० वर्षीय यम बहादुर खरू मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित सडकमा बा.प्र.०३-००१ ख २०८६ नम्बरको ट्रकले बा.प्र.०२-०२२ प २५०२ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-९ लामसुरे बस्ने २५ वर्षीय अभिषेक सुवेदीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register