पक्राउ पर्ने डरले भागे विजय भण्डारी, छानबिन समितिमा दिएनन् बयान

प्रहरीको निगरानीमा रहेका भण्डारी र उनको टोली नगएपछि छानबिन समितिको काम पूरा हुन सकेको छैन । महिना दिनसम्म लगाइएको कोटिहोमको हिसाबकिताबसमेत सार्वजनिक नगरेका उनी अहिले सार्वजनिक कार्यक्रममा पनि जाँदैनन् ।

Sep 2, 2024 - 14:29
 0
पक्राउ पर्ने डरले भागे विजय भण्डारी, छानबिन समितिमा दिएनन् बयान

काठमाडौं । धार्मिक आवरणमा ठगी धन्दा गर्दै आएका विजय भण्डारी पक्राउ पर्ने डरले भागेपछि छानबिन समिति कामविहीन भएको छ । उनै भण्डारीलाई पक्राउ गर्न गएको प्रहरी टोलीसँग कोटिहोम आयोजकको झडप भएको घटना छानबिन गर्न गठित समितिमा बयान दिन नगएपछि समितिको म्याद पाँच दिन थपिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले भण्डारीको कसूरबारे अनुसन्धान गरिरहेको छ । सरकारी लिखतसम्बन्धी किर्ते अपराध र अरू केही मुद्दामा समेत तत्काल पक्राउ पर्ने खतरा देखिएपछि भण्डारी भागेका हुन् ।

प्रहरीको निगरानीमा रहेका भण्डारी र उनको टोली नगएपछि छानबिन समितिको काम पूरा हुन सकेको छैन । महिना दिनसम्म लगाइएको कोटिहोमको हिसाबकिताबसमेत सार्वजनिक नगरेका उनी अहिले सार्वजनिक कार्यक्रममा समेत देखिएका छैनन् ।

‘महाराज’को आवरणमा गुन्डाराजस् भक्तजनको चन्दाबाट गुन्डालाई करोडौं, मजदुरलाई ज्याला पनि छैन (भिडिओ)

घटनालगत्तै उनी पोखरा गएका थिए । पोखरामा समेत कोटिहोम लगाउने प्रस्ताव गरे । आफ्ना पक्षमा समर्थक बटुल्ने प्रयास गरे । काठमाडौंमा कोटिहोम सफल भएको भन्दै चर्चा गरे । तर, कैयन् ठगी घटनामा संलग्न भएका उनलाई पोखरेलीले पत्याएनन् ।

आफ्नो साथमा माहौल बन्ने देखेर काठमाडौं फर्किएका उनी छानबिन समितिमा बयानको लागि समेत गएका छैनन् । भण्डारीसहित उनका टिमका नीलम शाहलगायत सदस्यहरूसमेत  छानबिन समितिको सम्पर्कमा छैनन् ।

के थियो घटना ?

साउन महिनाभर पशुपतिनाथ क्षेत्रमा चलेको का मुख्य सङ्कल्पकर्ता भनिएका कथित बाल योगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज ऊर्फ विजय भण्डारीलाई पक्राउ गर्न गौशाला प्रहरी वृत्तको टोली गएको थियो ।

भण्डारीले विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै आफूले कुनै पनि किसिमको अपराध नगरेको र प्रहरी प्रधान कार्यालयबाट चारित्रिक प्रमाणपत्र (Character Certificate) लिएको दाबी गर्दै देखाएका थिए ।

तर, प्रहरीको प्रारम्भिक अनुसन्धानले भण्डारीको दाबीलाई असत्य प्रमाणित गरेपछि उनले पाएको प्रमाणपत्रको स्रोत पत्ता लगाउन भन्दै सोधपुछ गर्न उनलाई लिन गएको थियो । विजय भण्डारी ठगीको आरोपमा २ वर्ष जेलमा बसेर छुटेका व्यक्ति हुन् ।

उनीविरुद्ध आधा दर्जन बढी जाहेरी प्रहरीमा छन् । केही मुद्दा अदालतमै विचाराधीन छन् । यस्तो अवस्थामा उनले कुनै अपराधमा संलग्न नभएको प्रमाणपत्र पाएपछि उनलाई सोधपुछ गर्ने तयारीमा प्रहरी थियो । त्यो मनसायमा साउन ३२ गते राति पशुपति मन्दिर परिसरमा प्रहरी टोली गएको थियो ।

आस्था र आलोचनाको दोसाँधमा पशुपति कोटिहोम, धर्मको आडमा धनको खेल !

सुरुमा भण्डारी आफ्नै गाडीमा बसेर प्रहरी चौकी जाने भन्दै तयार भए । तर, पछि उल्टै प्रहरीलाई चुनौती दिए । फेसबूक लाइभ गर्दै आफ्ना अनुयायीहरूलाई प्रहरीको प्रतिकार गर्न उक्साए ।

आफ्नो गिरफ्तारी प्रयासविरुद्ध भण्डारी यति प्रतिक्रिया दिए कि गुन्डा नाइकेको रूप देखाए । यसले स्थिति तनावपूर्ण बनायो । प्रहरी तथा भण्डारीका समर्थकहरू बीच झडप भयो ।

घटनामा केही प्रहरी अधिकारीहरू र भण्डारीका समर्थकहरू घाइते भए । त्यो दिन पक्राउ पर्ने डरले भण्डारी त्यही कोटिहोम लगाइएको ‘विवादित’ स्थानमै सुते । किनकि बाहिर निस्किएमा पक्राउ पर्ने जोखिम थियो । तर, धर्मसँग जोडेर कार्यक्रम भइरहेकाले प्रहरीले भित्र हलमा छिरेर पक्राउ गर्न तयार भएन ।

एक रात त उनी जसोतसो प्रहरीबाट बचे । तर, धेरै दिन लुक्नछिप्न सम्भव थिएन । उनले आइडिया लगाए, आफ्ना पक्षमा माहौल बनाउन । हिन्दू राष्ट्रको माग राखेकोमा आफूलाई प्रहरीले गिरफ्तार गर्न लागेको भनेर उनले विषयान्तर गरे । खासमा उनले फौजदारी अपराध गरेका थिए ।

धर्मको आवरणमा ठगी : विजय भण्डारीविरुद्ध पुरातात्त्विक सम्पदामा क्षति पुर्‍याएको अर्को मुद्दा आकर्षित

नेपालमा हिन्दू राष्ट्र माग गर्ने उनी एक्ला होइनन् । हिन्दू राष्ट्रका पक्षमा धेरै समर्थक छन् । तर, भण्डारीले ती हिन्दूवादीलाई आफ्नो कित्तामा ल्याउन उपाय लगाए । ‘हिन्दू राष्ट्र मागेपछि पक्राउ गर्न आएको’ भन्ने प्रचार गरे । भोलिपल्ट बिहान माइतीघरमा जुलुस गर्न सानो झुण्ड लिएर गए ।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रशासनले छानबिन समिति बनायो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जितेन्द्र बस्नेतसहित सरोकारवालाहरू बसेर कोटिहोम आयोजककै सहमतिमा सात सदस्यीय छानबिन समिति गठन भयो । समितिको संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना रहेका छन् ।

समितिले १५ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्ने बताइएको थियो । तर, समितिका सदस्यले फोन गरेर बोलाउँदा भण्डारी र उनका समर्थक समेत गएका छैनन् । समितिको म्याद १६ गते सकिएको छ । तर, भण्डारी भने उही प्रहरीले पक्राउ गर्ने डरले गएका छैनन् ।

रिपोटर्स डायरी: महायज्ञमा ‘महाराज’को निशानामा परेर पनि उम्किएको त्यो रात !

छानबिन समिति भने कोटिहोम आयोजक र प्रहरीबीचको झडपको विषयको हो । उनीमाथि छानबिन भइरहेको भने उनले पाएको प्रहरी रिपोर्टको हो । यसैले जुनसुकै बेला पक्राउ पर्ने खतरा देखेपछि भागिरहेका हुनसक्ने समितिकै सदस्यहरू बताउँछन् ।

छानबिन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी ढुङ्गाना भन्छन्, “उहाँहरू आउनुभएको छैन । विजय भण्डारीसहित उहाँको टोली कोही आएनन् । फोन गर्दा कहिले लाग्छ कहिले लाग्दैन । लागेको बेलामा बाहिर छु भन्छन् तर आउँदैनन् ।”

यसकारण भागिरहेछन् भण्डारी

भण्डारी ठगी आरोपमा २ वर्ष जेल परेर छुटेको रेकर्ड प्रहरीमा छ । तर, प्रहरीबाट ‘क्लियर’ चारित्रिक प्रमाणपत्र कसरी पाए भन्नेमा प्रहरीले पनि आन्तरिक छानबिन थालेको छ । प्रहरीकै डीएसपी दीपेश बस्यालको नेतृत्वमा अर्को आन्तरिक छानबिन समिति गठन गरिएको छ ।

विजय भण्डारी: अमेरिकामा कोटिहोम लगाउने भन्दै ठगी, ठगेको पैसा महायज्ञको दानबाट फिर्ता गर्ने आश्वासन !

प्रहरी प्रवक्ता दानबहादुर कार्की भन्छन्, “कसूर प्रमाणित भएर जेल बसेको मान्छेले कसरी चारित्रिक प्रमाणपत्र पाए भन्नेबारे अनुसन्धान भइरहेको छ । प्रहरी भित्रैबाट कसैले भण्डारीलाई प्रमाणपत्र दिलाउन सहयोग गरेको हो वा उनी आफैँले बनाएको हो । छानबिन भइरहेको छ । तर, जे भए पनि त्यो लिखत किर्ते हो । अपराध हो ।”

काठमाडौं उपत्यका प्रहरी कार्यालयले पनि यसबारे अनुसन्धान गरिरहेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एक अधिकारी भन्छन्, “जेल बसेका मान्छेले प्रमाणपत्र कसरी लिए ? सरकारी लिखतसम्बन्धी किर्ते अपराधमा अनुसन्धान गरिरहेका छौँ ।”

सम्बन्धित समाचार

कोटिहोमको नाममा अराजकताः बङ्गलादेशभन्दा बेहाल बनाउने आयोजकको भड्काउ अभिव्यक्ति (भिडिओ)

पशुपति कोटिहोममा नेपालभ्युजकर्मी पुडासैनीमाथि हातपात, ज्यान मार्ने धम्की (भिडिओ)

नेपालभ्युजकर्मी पुडासैनीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग

मृत्युको मुखबाट फर्किएर जीवनको गीत गाउँदै राधिका दासी, जसको जीवनकथाले छोएको छ भक्तजनको हृदय !

रवाफ देखाएको भन्ने विवादमा देवी प्रतिभाको दाबी- १०\१२ होइन, म त ६०\७० बाउन्सरसँग हिँड्छु

पशुपति कोटिहोमको व्यासासनमा आचार्य कृष्ण दमाईँ, भक्तजनले भने- व्यक्तिको मूल्याङ्कन कर्मले हुन्छ

पशुपति कोटिहोम: लण्डनबाट आइन् अर्की सुन्दरी कथावाचिका चन्द्रकला सखी, भक्तजनको थप आकर्षण

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register