पत्रकार डण्ड गुरुङलाई तमु समाज यूकेको सम्मान

लन्डन । बेलायत भ्रमणमा रहेका पत्रकार डण्ड गुरुङलाई तमु समाज यूकेले सम्मान गरेको छ । समाजले गत ३१ अगष्ट शनिबार आफ्नै सामुदायिक भवन लन्डन वेम्लीस्थित बारहम पार्कमा गुरुङलाई सम्मान गरेको हो । वेम्ली लन्डनमा महिलाहरुको महानपर्व तीज कार्यक्रमको अवसरमा नेपाल बाट पाल्नु भएका अतिथि बरिष्ट पत्रकार श्री डण्ड गुरुङज्युलाई स्वागत तथा सम्मान कार्यक्रम रहेकको थियो। […]

Sep 2, 2024 - 18:27
 0
पत्रकार डण्ड गुरुङलाई तमु समाज यूकेको सम्मान

लन्डन । बेलायत भ्रमणमा रहेका पत्रकार डण्ड गुरुङलाई तमु समाज यूकेले सम्मान गरेको छ ।

समाजले गत ३१ अगष्ट शनिबार आफ्नै सामुदायिक भवन लन्डन वेम्लीस्थित बारहम पार्कमा गुरुङलाई सम्मान गरेको हो ।

वेम्ली लन्डनमा महिलाहरुको महानपर्व तीज कार्यक्रमको अवसरमा नेपाल बाट पाल्नु भएका अतिथि बरिष्ट पत्रकार श्री डण्ड गुरुङज्युलाई स्वागत तथा सम्मान कार्यक्रम रहेकको थियो।

गुरुङ राष्ट्रिय टेलिभिजन एबीसी न्यूजका सम्पादक र गुरुङन्यूज डटकमको संरक्षक तथा सम्पादक छन् भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पूर्वअध्यक्ष तथा तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको सल्लाहकार छन् ।

गुरुङले सञ्चार जगतबाट तमुहरूको उत्थान र समुन्नतिमा विशेष योगदान पुरयाउनुका साथै तमु समाज यूकेले कोभिड महामारीमा र बाढी पहिरोका कारण कष्टकर जीवन यापन गर्न वाध्य भएका नेपालीका लागि राहत वितरण कार्यमा सहभागी हुनुका साथै समाजको स्मारिका ’सलि ट’ को प्रकाशन कार्यमा गरेको अतुलनीय योगदानको उच्च कदर गर्दै तमु समाज यूके विशिष्ट समाजसेवा सम्मान पत्र–२०२४ द्वारा सम्मान गरेको थियो ।

संस्थाकी अध्यक्ष श्रीमती बिन्दु घले, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, आमा समूहकी अध्यक्ष श्रीमति विमला गुरुङ र निवर्तमान अध्यक्ष श्रीमति उमादेवी गुरुङले खादा, फेटा लगाई गुरुङलाई विशिष्ट समाज सेवा सम्मान पत्र प्रदान गरे ।

पत्रकार गुरुङले तमु समाज यूकेबाट सम्मानित भएकामा खुशी ब्यक्त गर्दै समाजप्रति कृतज्ञता ज्ञापन गरे । उनले सम्मानबाट आफूलाई थप हौसला र प्रेरणा मिलेको पनि बताए ।


उक्त कार्यक्रममा तमु समाज यूकेका निवर्तमान अध्यक्ष शिव कुमार गुरुङ, पूर्व अध्यक्षहरु अर्जुन कुमार गुरुङ रशिव चन्द्र गुरुङ, वरिष्ठ उपाध्यक्ष भीम गुरुङ, उपाध्यक्ष मिरा गुरुङ, आमा समूहकी पूर्व अध्यक्ष श्रीमति माया गुरुङ, तमु धिं यूकेका पूर्व अध्यक्ष तथा तमु समाज यूकेका सल्लाहकार सुवसिं गुरुङ (बीइएम) लगायत अन्य सल्लाहकार र कार्यसमितिका पदाधिकारी सहभागी थिए ।

विगत १६ –१७ देखि समाजले गरेको निरन्तर सामाजिक कार्यबाट आफू अत्यन्त प्रभावित भएको भन्दै गुरुङले विशेष गरि समाजको परिकल्पना गर्ने संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङप्रति कृतज्ञता ब्यक्त गरे ।


समाजले अहिले महिला नेतृत्व पाउनु सुःखद भएको बताउंदै उनले अध्यक्ष बिन्दु घलेलाई बधाई तथा शुभकामना पनि दिए ।

सो अवसरमा अध्यक्ष घलेले पत्रकार गुरुङलाई स्वागत सम्मान गर्न पाउंदा खुशी लागेको बताइन् ।

कार्यक्रममा तमु समाज यूकेका पदाधिकारी, सल्लाहकारहरु एवं महिला दिदीबहिनीको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रम सञ्चालन समाजका निवर्तमान महासचिव धरम बल गुरुङले गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register