गृहमन्त्रीको जिकिर- अस्थिरतालाई समाप्त पार्न कांग्रेस-एमालेको गठबन्धन बन्यो

धनगढी । गृहमन्त्री रमेश लेखकले सबैको सहमतिमा मात्रै संविधान संशोधन हुने बताएका छन् । मङ्गलबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । “संविधानका आधारभूत मान्यताहरूप्रतिकूल नहुनेगरी संविधान संशोधन हुँदैन,” गृह क्षेत्रको तीनदिने भ्रमणमा आएका उनले भने, “सबैको सहमतिमा मात्रै संविधान संशोधन हुन्छ ।” उनले अस्थिरतालाई समाप्त गरी स्थिर सरकार बनाउन, शिथिल अर्थतन्त्र चलायमान […]

Sep 3, 2024 - 09:13
 0
गृहमन्त्रीको जिकिर- अस्थिरतालाई समाप्त पार्न कांग्रेस-एमालेको गठबन्धन बन्यो

धनगढी । गृहमन्त्री रमेश लेखकले सबैको सहमतिमा मात्रै संविधान संशोधन हुने बताएका छन् । मङ्गलबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग संवाद गर्दै उनले यस्तो बताएका हुन् ।

“संविधानका आधारभूत मान्यताहरूप्रतिकूल नहुनेगरी संविधान संशोधन हुँदैन,” गृह क्षेत्रको तीनदिने भ्रमणमा आएका उनले भने, “सबैको सहमतिमा मात्रै संविधान संशोधन हुन्छ ।”

उनले अस्थिरतालाई समाप्त गरी स्थिर सरकार बनाउन, शिथिल अर्थतन्त्र चलायमान बनाउन र सङ्घीय गणतन्त्र संस्थागत गर्न वर्तमान समीकरण बनेको जिकिर गरे ।

“वर्तमान सरकार सरलता र जटिलताको मूल्याङ्कन गरी अघि बढनेछ । केन्द्रमा स्थिर सरकार बन्नेबित्तिकै सबै प्रदेशमा स्थिर सरकार बनेका छन्,” उनले भने, “अस्थिरता हटाउनका लागि पनि वर्तमान समीकरण बनेको हो ।”

उनले वर्तमान सत्ता समीकरण सहज बाटोबाट अघि बढिरहेको बताएका छन् । तर, नेपाली कांग्रेसकै तर्फबाट पर्यटनमन्त्री रहेका बद्री पाण्डेले भने नेकपा (एमाले) सँगको सत्ता समीकरणलाई ‘खुकुरीको धारमा हिँडेको…’ रूपमा अर्थ्याएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register