अमेरिकाले कब्जामा लियो भेनेजुएलाका राष्ट्रपति मादुरोको विमान

काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विमान कब्जा गरेको छ । अमेरिकी न्याय विभागका अनुसार उक्त विमान अवैध रूपमा १ करोड ३० लाख अमेरिकी डलरमा किनेको र गोप्य रूपमा देशबाट बाहिरिएको भन्दै कब्जा गरिएको हो । फाल्कन ९०० EX विमान डोमिनिकन रिपब्लिकमा नियन्त्रणमा लिएको हो । यसलाई फ्लोरिडामा लगिएको छ । यो विमान डोमिनिकन […]

Sep 3, 2024 - 09:25
 0
अमेरिकाले कब्जामा लियो भेनेजुएलाका राष्ट्रपति मादुरोको विमान

काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विमान कब्जा गरेको छ ।

अमेरिकी न्याय विभागका अनुसार उक्त विमान अवैध रूपमा १ करोड ३० लाख अमेरिकी डलरमा किनेको र गोप्य रूपमा देशबाट बाहिरिएको भन्दै कब्जा गरिएको हो ।

फाल्कन ९०० EX विमान डोमिनिकन रिपब्लिकमा नियन्त्रणमा लिएको हो । यसलाई फ्लोरिडामा लगिएको छ ।

यो विमान डोमिनिकन रिपब्लिकमा कहिले पुग्यो भन्ने अझै स्पष्ट भएको छैन । ट्र्याकिंग डाटाले विमान राजधानी सान्टो डोमिङ्गो नजिकैको एयरपोर्टबाट उडानपछि सोमबार फ्लोरिडा पुगेको थियो।

भेनेजुएलाले कब्जाको विरोध गरेको छ र यसलाई डकैती भनेको छ। एक विज्ञप्तिमा भेनेजुएला सरकारले यो क्षतिको क्षतिपूर्तिको लागि कानूनी कारबाही गर्ने अधिकार रहेको बताएको छ।

अमेरिकी अधिकारीहरूले उक्त विमानलाई अमेरिकी निर्यात नियन्त्रण र प्रतिबन्धसम्बन्धी कानुन उल्लंघन गरेको आशंकामा नियन्त्रणमा लिइएको बताएका छन्।

उनीहरुले भनेका छन्,’मदुरोसँग सम्बन्धित व्यक्तिहरूले सन् २००२-२०२३ को बीचमा अवैध विमान खरिदका लागि क्यारेबियन शेल कम्पनीको सहयोग लिएको अनुसन्धानबाट पत्ता लागेको छ। विमान किनेको कम्पनी फ्लोरिडाको हो ।’

यो विमान अप्रिल २०२३ मा भेनेजुएला ल्याइएको थियो।

यता मदुरोले जुलाईमा फेरि आम चुनाव जित्दा पश्चिमी देशहरूसँग तनाव बढेको छ। अमेरिकाले यो चुनाव धाँधली भएको बताएको छ ।

अमेरिकी संघीय एजेन्सीहरूले मदुरोमाथि भ्रष्टाचारको आरोप लगाएको यो पहिलो पटक होइन।

सन् २०२० मा अमेरिकी न्याय विभागले मादुरो र १४ अन्य अधिकारीहरूलाई लागूपदार्थ-आतंकवाद, भ्रष्टाचार र लागूपदार्थको तस्करीको आरोप लगाएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले मादुरोलाई पक्राउ गरी सजाय दिनेलाई १ करोड ५० लाख डलर पुरस्कार दिने घोषणा गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register