एमालेलाई रास्वपाको सुझाव- हामीलाई होइन, आफ्नै मन्त्रीलाई सभ्यता सिकाउनू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा (एमाले) ले आफूहरूलाई नभइ आफ्नै पार्टीबाट सरकारमा रहेका मन्त्रीलाई सभ्यता सिकाउनुपर्ने भन्दै कटाक्ष गरेको छ । मङ्गलबार जारी प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिँदै रास्वपा सांसद मनीष झाले यस्तो कटाक्ष गरेका हुन् । “प्रहरी सङ्गठनका प्रमुखले केही बोल्नुभयो, आफ्नो सङ्गठानिक चुनौतीहरूअभिव्यक्त गर्नुभयो । तर, सरकार प्रवक्ता र […]

Sep 3, 2024 - 09:29
 0
एमालेलाई रास्वपाको सुझाव- हामीलाई होइन, आफ्नै मन्त्रीलाई सभ्यता सिकाउनू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा (एमाले) ले आफूहरूलाई नभइ आफ्नै पार्टीबाट सरकारमा रहेका मन्त्रीलाई सभ्यता सिकाउनुपर्ने भन्दै कटाक्ष गरेको छ ।

मङ्गलबार जारी प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिँदै रास्वपा सांसद मनीष झाले यस्तो कटाक्ष गरेका हुन् ।

“प्रहरी सङ्गठनका प्रमुखले केही बोल्नुभयो, आफ्नो सङ्गठानिक चुनौतीहरूअभिव्यक्त गर्नुभयो । तर, सरकार प्रवक्ता र मन्त्रीले जिब्रो थुतिदिन्छु भन्छ भने कहाँको लोकतन्त्र ? हामीलाई त्यही दलका केही अग्रज नेताहरूले सभ्यता सिकाउनुहुन्छ । अब हामीलाई होइन, आफ्नै मन्त्रीलाई पहिले सिकाउनुस्,” उनले भने ।

यसअघि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आइजीपी वसन्त कुँवरले बोलेको सन्दर्भ उधिँन्दै ‘जिब्रो थुतिदिने…’ भनेर अभिव्यक्ति दिएका थिए । यही सन्दर्भ जोड्नै सांसद झाले यस्तो बताएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register