सहकारी छानबिन विशेष समितिको म्याद १५ दिन थप

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकले भदौ २२ गतेदेखि समितिको म्याद १५ दिन थप गर्ने प्रस्ताव पारित गरेको हो । त्यसअघि समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । तीन महिनाको समय […]

Sep 3, 2024 - 12:13
 0
सहकारी छानबिन विशेष समितिको म्याद १५ दिन थप

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकले भदौ २२ गतेदेखि समितिको म्याद १५ दिन थप गर्ने प्रस्ताव पारित गरेको हो । त्यसअघि समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

तीन महिनाको समय पाएर जेठ १५ गते गठन भएको समितिले २३ गतेदेखि काम सुरु गरेको थियो ।

थापाले समितिले हालसम्म गरेका कामहरूको बारेमा संक्षेपमा जानकारी गराएका थिए । उनले सहकारी बचत अपचलनमा संलग्न ५० जनालाई सोधपुछ गरिएको पनि जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register