विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन साझा प्रयत्न आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन प्रक्रियालाई सहज बनाउनका लागि साझा प्रयत्न आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौंमा दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्चको १२औं सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउनका लागि साझा प्रयत्न आवश्यक रहेको बताएका हुन् । ओलीले हरेक निर्वाचनले […]

Sep 4, 2024 - 06:57
 0
विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन साझा प्रयत्न आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन प्रक्रियालाई सहज बनाउनका लागि साझा प्रयत्न आवश्यक रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्चको १२औं सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउनका लागि साझा प्रयत्न आवश्यक रहेको बताएका हुन् ।

ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको जिकिर गरे ।

हिमालहरु पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीका बीच लोकतन्त्रको अभिन्न अंगका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको उनको भनाइ छ ।

ओलीले विगतका निर्वाचन व्यवस्थानका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सकेमा आम जननाको मताधिकारको सम्मान हुने पनि उल्लेख गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register