युक्रेनी ड्रोन बल प्रमुखको परिवार नै रुसमा, जेलेन्स्कीले गरे निलम्बन

काठमाडौं । युक्रेनले आफ्नो ड्रोन फोर्सका चिफ अफ स्टाफ रोमन ग्ल्याडकीलाई निलम्बन गरेको छ । ग्ल्याडकीको परिवार रुसमा रहेको खबर बाहिरिएपछि उनलाई निलम्बन गरिएको रुसी अखबार आरटीले जनाएको छ । अहिले ग्ल्याडकीमाथि अनुसन्धान भइरहेको छ । युक्रेनी मिडियाले ग्ल्याडकीकी श्रीमतीसँग रुसी राहदानी रहेको र सन् २०१४ मा प्रायद्वीप रुसको हिस्सा बनेपछि क्राइमियामा बसोबास गरेको रिपोर्ट […]

Sep 4, 2024 - 07:13
 0
युक्रेनी ड्रोन बल प्रमुखको परिवार नै रुसमा, जेलेन्स्कीले गरे निलम्बन

काठमाडौं । युक्रेनले आफ्नो ड्रोन फोर्सका चिफ अफ स्टाफ रोमन ग्ल्याडकीलाई निलम्बन गरेको छ ।

ग्ल्याडकीको परिवार रुसमा रहेको खबर बाहिरिएपछि उनलाई निलम्बन गरिएको रुसी अखबार आरटीले जनाएको छ । अहिले ग्ल्याडकीमाथि अनुसन्धान भइरहेको छ ।

युक्रेनी मिडियाले ग्ल्याडकीकी श्रीमतीसँग रुसी राहदानी रहेको र सन् २०१४ मा प्रायद्वीप रुसको हिस्सा बनेपछि क्राइमियामा बसोबास गरेको रिपोर्ट सार्वजनिक गरेपछि अनुसन्धान सुरु गरिएको थियो ।

ग्ल्याडकीकी छोरीले रुसी झण्डामुनि पौडी प्रतियोगितामा भाग लिएकी थिइन् । किभले क्रिमियालाई अवैध कब्जामा रहेको ठान्दछ र प्रायद्वीपमा अनाधिकृत भ्रमणहरू प्रतिबन्धित गर्दछ ।

यसअघि मंगलबार युक्रेनी नेता भ्लादिमिर जेलेन्स्कीले तीन मन्त्री र दुई उपप्रधानमन्त्रीलाई बर्खास्त गरेका छन् । युक्रेनी सञ्चारमाध्यमले विदेशमन्त्री दिमित्री कुलेबालाई पनि चाँडै प्रतिस्थापन गर्न सक्ने जानकारी दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register