ब्वाँसोको आक्रमणबाट ८ जनाको मृत्यु, सरकारले दियाे गोली हान्न आदेश

काठमाडौं । उत्तर प्रदेशको बहराइच जिल्लामा ब्वाँसोको आक्रमणबाट आठ जनाको मृत्यु भएको छ । भारतीय राज्य उत्तर प्रदेशमा ब्वाँसाको आक्रमण बढ्दै गएपछि सरकारले गोली हान्न आदेश जारी गरेको हो । प्रमुख वन संरक्षक (वन्यजन्तु)ले जारी गरेको आदेशमा पछिल्लो दुई महिनामा ब्वाँसोले आठ गाउँमा आठ जनाको ज्यान लिएको उल्लेख छ। हिंस्रक ब्वाँसाको आक्रमणले स्थानीयमा त्रास फैलिएको […]

Sep 4, 2024 - 09:40
 0
ब्वाँसोको आक्रमणबाट ८ जनाको मृत्यु, सरकारले दियाे गोली हान्न आदेश

काठमाडौं ।

उत्तर प्रदेशको बहराइच जिल्लामा ब्वाँसोको आक्रमणबाट आठ जनाको मृत्यु भएको छ ।

भारतीय राज्य उत्तर प्रदेशमा ब्वाँसाको आक्रमण बढ्दै गएपछि सरकारले गोली हान्न आदेश जारी गरेको हो । प्रमुख वन संरक्षक (वन्यजन्तु)ले जारी गरेको आदेशमा पछिल्लो दुई महिनामा ब्वाँसोले आठ गाउँमा आठ जनाको ज्यान लिएको उल्लेख छ।

हिंस्रक ब्वाँसाको आक्रमणले स्थानीयमा त्रास फैलिएको छ। ब्वाँसाको पक्रिन नसकेपछि अहिले ‘मार्ने आदेश’ दिइएको हो।

यसका लागि तीनजना सशस्त्र प्रहरी खटाइएको छ। राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन, १९७२ को धारा ११ (१)ए द्वारा प्रदत्त अधिकारको प्रयोगमा यो आदेश जारी गरिएको बीबीसी हिन्दीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register