मुगुमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत । मुगुको सोरु गाउँपालिका–६ बन्जाँहामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोरुकोटदेखि गमगढी बजारतर्फ आउँदै गरेको ग १ ज ६४६७ नम्बरको बोलेरो जीप मोडमा पछाडि हट्ने क्रममा करिब १०० मिटर तल खसेको हो । जीपमा सवार दुई जनामध्ये चालक रहेका सोरु गाउँपालिका–३ भिँईगाउँका नरबहादुर बुमीको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी […]

Sep 4, 2024 - 12:29
 0
मुगुमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत । मुगुको सोरु गाउँपालिका–६ बन्जाँहामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोरुकोटदेखि गमगढी बजारतर्फ आउँदै गरेको ग १ ज ६४६७ नम्बरको बोलेरो जीप मोडमा पछाडि हट्ने क्रममा करिब १०० मिटर तल खसेको हो ।

जीपमा सवार दुई जनामध्ये चालक रहेका सोरु गाउँपालिका–३ भिँईगाउँका नरबहादुर बुमीको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register