नेपाल रेडक्रस उपशाखा शिवसताक्षीद्वारा अन्तरक्रिया

शिवसताक्षी, १९ भदौ । झापाको शिवसताक्षीको सामुदायिक विद्यालयमा नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीले अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम गरेको छ । शिवसताक्षीको दूधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा ४ ओटा सामुदायिक विद्यालयका जुनियर रडक्रस सर्कलका विद्यार्थीहरुलाई सहभागिता गराई अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीका अध्यक्ष गोविन्द काफ्लले [...] The post नेपाल रेडक्रस उपशाखा शिवसताक्षीद्वारा अन्तरक्रिया appeared first on Jhapa Online.

Sep 4, 2024 - 15:26
 0
नेपाल रेडक्रस उपशाखा शिवसताक्षीद्वारा अन्तरक्रिया

शिवसताक्षी, १९ भदौ । झापाको शिवसताक्षीको सामुदायिक विद्यालयमा नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीले अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम गरेको छ ।

शिवसताक्षीको दूधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा ४ ओटा सामुदायिक विद्यालयका जुनियर रडक्रस सर्कलका विद्यार्थीहरुलाई सहभागिता गराई अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीका अध्यक्ष गोविन्द काफ्लले औचित्य माथि प्रकाश पार्दै नेपाल रेडक्रसले गरेका कामहरुको चर्चा गरेका थिए ।

उनले मानव जीवनका लागि अतिआवश्यक बल्लड संकलन, आपतकालिन अवस्थमा सहयोग गर्ने, राहत जुटाउनले लगायत विभिन्न क्षेत्रमा सक्रिय संस्थाको रुपमा नेपाल रेडक्रस रहेको जानकारी दिए । विश्वका कुनै पनि देशले मानव जीवन बचाउनका लागि कृतिम रगत उत्पादन गर्न नसकिरहेको अवस्थमा नेपाल रेडक्रसले विभिन्न व्यक्ती, क्षेत्रहरुबाट रगत संकलन गरी अस्पताल लागतका आवश्यक ठाउँहरुमा रगत उपलब्ध गराएर मानवको जीवन बचाइरहेको बताए ।

अन्तरक्रिया कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका महामन्त्री प्रकाश चन्द्र खरेल र नेपाल रेडक्रस सोसाइटी झापाका सल्लाहकार समिति सदस्य तथा श्रोतव्यक्ती भक्ति सिटौलाले सहजीकरण गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय रमणीय आदर्श मावि, भगवती मावि, जनआदर्श मावि र शहीद भिमनारायण आधारभूत विद्यालयका जुनियर रेडक्रस सर्ककलका विद्यार्थीहरुको सभागिता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय रमणीय आदर्श रेडक्रस सर्कलका अध्यक्ष विपना दाहाल लगायतले शुभकामना मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस रा.र.आ. जुनियर रडक्रस सर्कलकी सदस्य अस्मिता राईले गरेकी थिइन् ।

The post नेपाल रेडक्रस उपशाखा शिवसताक्षीद्वारा अन्तरक्रिया appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register