अझै भेटिएनन् सुनकोसीमा बेपत्ता तीन युवा

झापा, १२ भदौ । सुनकोशी नदीमा जिप खस्दा बेपत्ता भएका तीन जना युवा अझै फेला परेका छैनन् । गत शनिबार भक्तपुरका चार युवा सवार जिप सुनकोशीमा खसेको थियो । घटना लगत्तैदेखि निरन्तर खोजी गरिरहे पनि उनीहरुलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । बेपत्ता युवाको खोजीमा प्रहरीको गोताखोर टोली, [...] The post अझै भेटिएनन् सुनकोसीमा बेपत्ता तीन युवा appeared first on Jhapa Online.

Aug 28, 2024 - 10:00
 0
अझै भेटिएनन् सुनकोसीमा बेपत्ता तीन युवा

झापा, १२ भदौ । सुनकोशी नदीमा जिप खस्दा बेपत्ता भएका तीन जना युवा अझै फेला परेका छैनन् ।

गत शनिबार भक्तपुरका चार युवा सवार जिप सुनकोशीमा खसेको थियो । घटना लगत्तैदेखि निरन्तर खोजी गरिरहे पनि उनीहरुलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । बेपत्ता युवाको खोजीमा प्रहरीको गोताखोर टोली, जनपद प्रहरी र स्थानीयबासी खटिएका छन्।

उनीहरु खोटाङको हलेसी महादेव मन्दिरको दर्शन गरेर काठमाडौँ फर्किंदै गरेका थिए । चार युवा सवार प्रदेश ३ ख ०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोसी नदीमा खसेको थियो । गाडीलाई आइतबार बिहान अढाई बजे सुनकोसीबाट निकालिएको थियो।

गाडीमा सवार भक्तपुर सूर्यविनायक नगरपालिकाको जगाती घर भएका गाडी चालक ३२ वर्षीय अबिन बडे, ३० वर्षीय प्रनित स्यागू र ३७ वर्षीय बलराम घटुवा नदीमा बेपत्ता भएका हुन्। सोही गाडीमा सवार भक्तपुरकै २७ वर्षीय सुशान्त कक्षपतिले भने दुर्घटना हुँदा सडकमा फाल हानेर ज्यान जोगाएका छन्।

The post अझै भेटिएनन् सुनकोसीमा बेपत्ता तीन युवा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register